एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १५ : प्रत्येक वर्ष जस्तै कार्तिक पुर्णिमा दिन यस वर्ष पनि धनुषा र सिरहा जिल्लाको सिमाना समेत मानिने कमला नदीमा रोचक दृश्य र भिडभाड देखिएको छ । पहेँलो धोती र साडीमा सजिएका धामी–झाँक्रीहरु आफनो हातमा माटोको ढकनामा बलेको आगो र बेतको लठ्ठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै कमला नदीमा पुग्ने गरेको सो दृश्य अति नै रोचक हुन्छ । यो एक परम्परा र आस्थाको भिडभाड हो भन्दा पनि हुन्छ ।
है ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी है हनुमान जी बन्दी गोरैया है शोखा है कारिक’ यी यस्ता अनेकन आ–आफ्नो देवीदेवताहरुको नाम र शब्दहरुको उच्चारण गर्दै जप्दै नयाँ धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजागाजाको तालमा भक्ताहरु कर्कश स्वरमा कमला नदीमा सपथ ग्रहण गर्न पुग्ने गरेको बताइन्छ । सूर्योदयसँगै सोमबार बिहानै हजारौँ नव धामीझाँक्री सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पवित्र जलमा डुबुल्की लगाइ गुरुहरुद्वारा शपथ लिने परम्परा छ । आइतबार रातिबाटै कमलानदी किनारमा भूत खेल्नेहरुको घुइँचो लागेको थियो ।
प्रत्येक वर्ष कार्तिक पुर्णिमाका दिन कमलामा लाग्ने गरेको भुतमेलामा “हाई हुई” गर्दै भुत खेलाउँदै धामी झाँक्रीहरु यहाँ आउने गरेका छन् । कार्तिक पुर्णिमाका दिन स्नान गरेपछि धामी झाक्रीसँग रहेको भुतको सिद्धि हुने जनविश्वास छ । स्नान गर्नका लागि कमला नदीमा पुगेका धनुषा रघुनाथपुर—६ का घुस्का पासवान वर्षमा एक पटक कमलामा स्नान गरिएन भने भुतको शक्ति ह्रास हुने भएकाले प्रत्येक वर्ष यहाँ आउने गरेको बताउछन । यसक्षेत्रका स्थानियहरु विभिन्न प्रयोजनले भाकल गरेका खसी,बोका पनि आजैका दिनलाई शुभ मानि बलि दिने गरेका छन ।
आफनो शरीरमा आउने देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थानीयवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नानगरी सपथका लागि आएका हुन । कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझाँक्रीहरु पाको हुने जनविश्वास गरिन्छ ।
‘विवाह गरेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन्, दिनदिनै भूत पनि खेल्छे,’ आफ्नी २५ वर्षीया बुहारी सोनिका देवीलाई डो¥याएर कमला नदी किनारमा आएका भारत धनगढीमाई –९ की ५० वर्षिया सासू दुलारीदेवी रामले भनिन्, ‘कुन जोगिया (भूतप्रेत पाल्ने) ले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको ।’ भगताले झारफुक गरेर बच्चा हुन्छ त ? भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन्, ‘मेरी जेठी बुहारीलाई कमलामाईकै कृपाले सन्तान (छोरा) भएको छ, त्यही विश्वासले आएकी हँु ।’
विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिराति आ–आफना गुरुसँग मन्त्र सिक्छन्, माँ कालीपूजा अर्थात अमावस्यको राति सिद्धि गर्ने गरेको जनभावना छ ।
स्नान गर्ने श्रद्धालु तथा रमाइलो गर्नेको समेत भिड
“हाई हुई” गर्दै भुत खेलाउँदै धामी झाँक्रीहरु सहित लाग्ने गरेको मिथिलाञ्चल क्षेत्रका एक चर्चित भुत मेलाको अवसरमा बुधवार हजारौंले कमला नदीमा स्नान गरी पुजा अर्चना गरेका छन् । सिरहा र धनुषा त्यसैगरि धनुषा र भारत (विहार)जयनगरको सीमाको रुपमा अवस्थित कमला नदीमा विहान ३ बजेदेखि स्नान गर्ने भतmजनहरुको भीड लागेको छ । नदिको दुबै किनारमा भक्तजनको भिडले खचाखच भरिएको देखिन्छ ।

हिजै साँझ देखि र्तिथालुहरु कमला पुगेका थिए । नदीमा लाखौंले स्नान गरेका छन् । कमला स्नान गर्नाले भुतको आक्रमणबाट समेत बच्न सकिने जनविश्वास रहिआएकोले पनि यस मेलामा व्यापक जन सहभागिता रहने गरेको यस क्षेत्रका वृद्धवृद्धाहरुको भनाइ छ । यस मेलामा धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी सहित भारत(विहार)को जयनगर, मधुवनी, दरभँगा, सितामढी आदी ठाउँका भतmजनहरु यहाँ आउने गरेका छन । दुई दिन पहिलादेखि नै भतmजनहरु यहाँ आइ पुुग्ने गरेको र उनिहरु कमला किनारमा रहेको वालुवामा प्लास्टीकको टहरा बनाइ बस्ने गरेको नदी छेउकै गाँउ पठेर्वाका स्थानियहरु बताउछन ।
कमला नदिको किनार मध्ये सिरहाको बन्दीपुर, धनुषाको मरेवा, ढोलबज्जा, चिक्ना, रामघाट, सिताघाट आदीमा ठुलो मेला तथा सांस्कृतिक कार्यक्रम हुने गरेको छ । कार्तिक पुर्णिमाका दिन कमला स्नान गर्नाले प्रत्येक जुनीमा गरेका पाप नष्ट हुनुको साथै मानव पुण्यको भागी बन्ने जनविश्वास रहेको छ । यस भुतमेलाका विषयमा नेपाली कांग्रेसका पुर्व साँसद महेन्द्र मिश्र भन्छन, ‘यस मेलालाई व्यवस्थित गर्न सकियो भने ठुलो सँख्यामा बाह्य पर्यटक भित्रियाउन सकिन्छ, स्थानीय संघ, संस्था तथा सरकारी निकायको संयुतm प्रयासमा यस मेलालाई व्यवस्थित गर्नुपर्दछ ।’