FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

धनुष सागरको आकर्षण बढदै, नौका विहारका लागि डुङ्गा सञ्चालनमा, सौन्दर्यकरण पनि हुने

धनुष सागरको आकर्षण बढदै, नौका विहारका लागि डुङ्गा सञ्चालनमा, सौन्दर्यकरण पनि हुने
  • 542
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १५ :
जनकपुरधामको रामचौक स्थित एतिहाँसिक धनुष सागर सरोवरमा अव वोटिङ्ग गर्न सकिने छ । श्री राममन्दिरको ठिक अगाडि जनकपुरधामको केन्द्रमै रहेको धनुष सागरमा वोटिङ्ग सुरु भएपछि सागरको सौन्दर्यता थपिने भएको छ । पोखरी नै पोखरीको शहर भनेर चिनिएको जनकपुरधामको ऐतिहासिक धनुष सागर पोखरीमा नौका विहारका लागि डुङ्गा (नाव) सञ्चालनमा आएको छ । जनकपुरधामको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले स्थानीय गणेश युवा कमिटीले आज (सोमबार) बाट धनुष सागर पोखरीमा नौका बिहारका लागि डुङ्गा सञ्चालनमा ल्याएको हो ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नौका विहारको मनोरञ्जन प्रदान गर्न धनुष सागर पोखरीमा सञ्चालित नौका बिहारको प्रदेशसभा सदस्य परमेश्वर साहले उदघाटन गरेका छन् । कमिटीले एउटा डुङ्गाको १ लाख ३५ हजारको लागतमा ५ वटा डुङ्गा ल्याएर सञ्चालन गरेको हो । हाललाई ५ वटा डुङ्गा ल्याएर गणेश युवा कमिटीले नौका विहार सञ्चालन गरेको छ । केहि दिन भित्रै कार्यबिधी बनाएर निश्चित शुल्क लिएर निरन्तर रुपमा नौका बिहार सञ्चालन गरिने कमिटीका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिए ।

प्रमुख अतिथी साहले गणेश युवा कमिटीले धनुष सागर पोखरीमा नौका बिहार सञ्चालनमा ल्याउनुले सागरको महत्व र सौन्दर्य झनै बढने बताए । यसलाई व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । उनले भने, ‘कमिटिका उपाध्यक्ष पत्रकार संजय साहले श्री गणेश मन्दिरको माथीको बनाउन बाँकी रहेको बुर्जा बनाउन सकिए मन्दिरमा चार चाँद लाग्न सक्ने भन्दै मेरो ध्यानाकर्षण गराएका छन, म त्यसको लागि तयार छु ।’ उनले आफु सहयोग गर्ने बताए ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्रले जनकपुरधामका सरोवरहरूलाई जीवन प्रदान गर्न यहाँका पोखरीहरुमा डुङ्गा सञ्चालन गरी नौलो कामको शुरुवात गरिएको बताईन् । साथै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पनि सागरको सौन्दर्यकरण गर्नका लागि प्रदेश सरकार डिपिआर बनाउने तयारी थालेको छ । आइतवार मुख्यमन्त्रीसंगको भेटमा मुख्यमन्त्री लालबाबु राउतले धनुष सागर सौन्दर्यकरणका लागि प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख समेत रहेका सिचाई डिभिजन कार्यालयका प्रमुख भगवान झा, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह, धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

समारोहका बिच नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, धनुषा अध्यक्ष अनिल कुमार मिश्र सहित दर्जनौ पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

Tags: धनुष सागर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

20 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

1 day ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy