FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कमला बचाउ अभियानको डिपिआर तैयार गरिने, दोस्रो वार्षिकोत्सव मनाइयो

कमला बचाउ अभियानको डिपिआर तैयार गरिने, दोस्रो वार्षिकोत्सव मनाइयो
  • 149
    Shares

एसपी रिपोर्टर
सिरहा, मसिंर १४ :
कमला बचाउ अभियानको दोस्रो बार्षिकोत्सव सिरहामा सफलता पुर्वक सम्पन्न भएके छ । पहिलो वार्षिकोत्सव गत वर्ष धनुषाको रामघाटमा मनाइएको थियो भने दोस्रो वार्षिकोत्सव सिरहाको सारसर घाटमा मनाइएको छ । सिरहा नगरपालिकाद्वारा आयोजित कमला बचाउ अभियानको दोस्रो बार्षिकोत्सव समारोहमा प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले कमला बचाउन सकिए प्रदेश २ र खास गरि सिन्धुली देखि धनुषा, सिरहा सहित सवै क्षेत्रको कृषि र सिचाँईमा आमुल परिवर्तण हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै शहिद नगरपालिका धनुषाका मेयर एवं कमला बचाउ अभियानी उदय कुमार बरबरियाले कमला बचाउ अभियानको दोश्रो बार्षिकोत्सव सफलता पुर्वक सम्पन्न भएकोमा हार्दिक बधाई दिदै कमला बचाउ अभियानको डिपिआर तयार गरिने बताएका छन । अव एउटा ठोस योजना बनाएर आगाडी बढनु जरुरी रहेको बताउदै उनले सम्पुर्ण कमला अभियानीले कम्तीमा एउटा बोटबिरुवा रोप्नु र यसलाई संरक्षण गर्नु पर्ने बताए ।

कमला अभियानी नामको लागी मात्र बन्न नहुने भन्दै उनले व्यवहारमा पनि देखाउन आग्रह गरे । आउने दिनमा एउटा मास्टर प्लान तयार गरि अगाडि बढनु पर्ने उनले जिकिर गरे । हरेक पालिका प्रमुखले कमला बचाउ अभियानलाई नगरको मुख्य योजनामा राखे मात्र यो राष्ट्रिय अभियानको रुपमा चिनाउन सफल हुने उनले बताए । यस अभियानलाई चुरे देखि कमला छेउमा रहको छिमेकी देश भारतको जयनगर सम्म अभियानको रुपमा विस्तार गरिने उनले उद्घोष गरे ।

सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकरी प्रदिप राज कणेल, कमला नगरपालिकाका मेयर रामउदघार गोईत, प्रहरी निरीक्षक उमा पजियार, कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झा, क्लोथ बैंक धनुषाका अध्यक्ष राजिब झा सहितकाले शुभकामना मन्तब्य राख्दै कमला बचाउ अभियानको चर्चा र महत्व दर्शाएका थिए ।

कमला बचाउन चुरिया बचाउ अभियान समेत अपरिहार्य रहेको वक्ताहरुको भनाई थियो । कमला भेगमा रहेको कमला बाँधलाई कालोपत्रे गराउने पहल आगाडी बढ्ेको समेत बताइएको छ । कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नभएर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको मेयर बरबरियाको भनाई थियो । अभियानको सुरुवात तिनचार जनावाट मात्र भएको भन्दै अभियानका संयोजक बिक्रम यादवले दोस्रो वार्षिकोत्सव सम्म आइपुग्दा खुसी लागेको बताए ।

कार्यक्रममा सम्पुर्ण अभियानीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सामुदायिक विकास तथा पैरवी मञ्चका संयोजक नागदेव यादव, कमला बचाउ अभियानका सचिव बिनोद महरा, सहकारीका अध्यक्ष ध्रुव नारायण यादव, कमला अभियानी सुरेन्द्र यादव, कमला अभियानी राजकिशोर सल्हैता, पत्रकार नरेशचन्द्र बरबरिया, रुनुकेश कामती लगायत हजारौं संख्यामा धनुषा तथा सिरहा क्षेत्रको नागरिकको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्घोषण सुरेश चोरवारले गरेका थिए ।

Tags: कमला बचाउ अभियान तेस्रो वर्षमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

20 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

1 day ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy