एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १४: महोतरीको पिपरा गाँउपालिको वडा नं. ७ बनौली स्थित कवी कोकिल विद्यापति डिहको लक्ष्मी सागर पोखरीको सौन्दर्यकरणको परियोजना शिल्यानास गरिएको छ । शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना तिन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि सरकारले आफनै वाँकी रहेको दुई वर्षकै कार्यकाल भित्र समुदघाटनका लागि प्रयास गर्ने बताएका छन् ।
शिल्यानास कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समेत आउने भनिए पनि स्वास्थ्य अवस्थाका कारण आउन नसके पछि मुख्यमन्त्री राउतले शिल्यानास गरेका छन् । यद्यपि समारोहका बिच अध्यक्ष ठाकुरले पठाएको शुभकामना सन्देश सुनाइएको थियो । मुख्यमन्त्री राउतले अध्यक्ष ठाकुर यस पवित्र स्थलको यो कार्यक्रममा आउन चाहेपनि कारण आउन नसकेपनि उनको विचार अनुसार प्रदेश सरकार सो स्थलको विकास गर्न प्रतिवद्व रहेको बताए ।
कुल १२ करोड ७२ लाखको अनुमानित बजेट रहेपनि लो बिडिङ्ग प्रणालीको आधारमा ठेकेदारले मात्र ८ करोडमा सो परियोजनाको ठेक्का लिएको छ । कार्यक्रममा बोल्दै प्रदेश सरकारका राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सांसद परमेश्वर साह सहितकाले मैथिली भाषाका प्रवर्तक महाकवी विद्यापतिको डिह समेत रहेको एतिहाँसिक महत्वको सो स्थलको विकास हुन सके प्रदेश २ को राजधानी जनकपुरधामको महत्व झनै बढने बताए ।

कार्यक्रममा वरिष्ठ इन्जिनियर तथा मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख सिडिई भगवान झाले परियोजनाको रुपरेखा तथा कार्यान्वयनका विषयमा प्रकाश पारेका थिए भने मुख्य न्याधिवक्ता दिपेन्द्र झाले योजनाले विद्यापति डिह र लक्ष्मीसागरको महत्व झनै बढने र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुने बताए । कार्यक्रममा पुर्व मन्त्री हरिनारायण यादव, श्री जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास सहितको उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !