एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ : जनकपुर टि–२० टुर्नामेन्ट अन्तर्गत शनिबार भएको अलग अलग खेलमा युथ ११ जनकपुर र फुलहटा युथ क्रिकेट टिम विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा युथ ११ जनकपुरले आरके क्रिकेट टिमलाई ५१ रनको विशाल अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ्ग गरेको युुथ ११ले सोनु शर्माको विस्फोटक ७३ रनको पारीको सहयोगमा १ सय ४६ रनको स्कोर खडा गरेको थियो । युथ ११का लागि सरोज आनन्दले १८ र पप्पु मण्डलले १९ रनको योगदान गरे ।
आरकेको बलिंगमा सुदीप यादवले सर्वाधिक ३ विकेट लिएका थिए । यता जवाफमा ब्याटिंग गरेको आरके टीम मात्रै ९५ रनमा समेटिएको थियो । आरकेका लागि नरेश मण्डलले ४७ र रंजित साहले १९ रनको योगदान गर्नु बाहेक अन्य कुनै ब्याट्समैन टिक्न सकेनन् । युथ ११का लागि युसुफ एक्लैले ५ विकेट चटकाएका थिए ।
शनिवार नै भएको दोस्रो खेलमा फूलहटा युथ क्रिकेटले श्रीराम आइसी टिमलाई ५ विकेटले पराजित गरेको छ । श्रीराम आइसीले दिएको १ सय १३ रनको लक्ष्य फmूलहटाले मात्र ५ विकेटको क्षतिमा पुरा गरेको थियो । फूलहटाका लागि अमित महतोले ५४ रन र मुरारी ठाकुरले २७ रनको योगदान गरे ।
श्रीरामको बलिंगमा प्रदीप यादवले २ विकेट लिन सफल भएका थिए । यस अघि ब्याटिंग गरेको श्रीराम निर्धारित २० ओभरमा राजेश ठाकुरको १७, अताउल हकको १६ र निरज यादवको १५ रनको योगदानले १ सय १२ रनको स्कोर खडा गरेको थियो ।