एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ : आफुले विभिन्न निकायको ध्यानाकर्षण गराउँदा समेत कसैले सुनुवाई नगरेको भन्दै गौ सरक्षण मञ्चले भगवान श्री रामका दुत भगवान हनुमान जी लाई नै ज्ञापन पत्र बुझाएका छन् । गत जानकी नवमीको अवसरमा जगत जननी माता जानकीको मन्दिरमा मन्दिरका महन्थ राम रोशन दासले ईसाइ धर्मका अगुवाहरुसंग डलरको लोभमा परेर केक काटेर चढाएको आरोप लगाउदै मञ्चले विभिन्न निकायहरुमा छानविन र दोषी उपर कारवाहीको मांग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउदै आएको तर कसैले सुनुवाई नगरेको मञ्चका अध्यक्ष जगदिश महासेठले बताए ।
पत्रकार सम्मेलनको आयोजना गरि महासेठले भने, ‘हामी सो घटनाको छानविन र दोषि उपर कारवाहीका लागि पटक पटक गरि १५ वटा निकाय र संघ संस्थालाई ज्ञापन पत्र बुझायौं तर कसैले सुनेन अनि अव भगवान रामजानकी जीको भक्त र दुत हनुमान जीलाई नै ज्ञापन पत्र बुझाउन परेको छ, के गर्ने ? ।’ केक प्रकरणले श्री जानकी मन्दिरको आस्था र पहिचान प्रति नै आघात पुरयाउने काम भएको मञ्चको आरोप छ । Strike it rich with the gleaming gold cash demo .
यस्तो छ भगवान हनुमान जीलाई मञ्ले बुझाएको ज्ञापन पत्र