एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ : नेपाली कांग्रेसका नेताहरुले आफना नेता स्व.अखिला नन्द श्रीवास्तवको ३० औं वार्षिक पुण्य तिथि मनाएको छ । कांग्रेस नगर समितिद्वारा धनुषा पार्टी कार्यालयमा आयोजित स्व. श्रीवास्तवको ३० औं वार्षिक पुण्य तिथि समारोहमा पार्टीका प्रदेश सांसद तथा प्रदेश २ का नेता राम सरोज यादव, जिल्ला समितिका पदाधिकारी तथा नेताहरु सहितकाले नेता स्व. श्रीवास्तवलाई स्मरण गर्दै उनले पार्टीमा पुरयाएको योगदानको चर्चा गरेका छन् ।
जनकपुरधाम उपमहानगर समितिका सभापति मनोज कुमार साहले आफु स्व. श्रीवास्तवसंग काम गर्न नपाएपनि उनीसंगैं काम गरेका नेताहरु रामसरोज यादव, महेश शंकर गिरि र किशोरी साह सहितका लाई सुन्दा उनी पार्टीका कर्मनिष्ठ योद्धा रहेको बताउछन् । स्व. महेन्द्र नारायण निधी सहितका आर्दशवादी नेताहरु संगै काम गरेको स्व. श्रीवास्तवले पार्टीका लागि निकै राम्रा कामहरु र लोकतन्त्रको सिपाहीको रुपमा काम गरेको उनको भनाई छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार राम भरत साह, पार्टीका जिल्ला उपसभापती संतोष यादव सहितको प्रदेश, जिल्ला र नगरका नेताहरुको उपस्थिती रहेको थियो ।