एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १० : २०१७ सालको शाही ‘कु’ का विरुद्व जनकपुरधाम आएका तत्कालिन राजा महेन्द्र माथी बम प्रहार गर्ने मध्येका एक योद्धा जिउँदो शहिद भनेर समेत चिनिएका स्व.अरविन्द ठाकुरको सातौं पुण्य तिथि मनाइएको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका समितिको आयोजनामा पार्टीको धनुषा कार्यालयमा आयोजित स्व.ठाकुरको सातौं पुण्य तिथिको अवसरमा नेताहरुले स्व.ठाकुरको योगदान र योद्धापनको चर्चा परिचर्चा गरेका छन् ।
कांग्रेस प्रदेश २ का नेता प्रदेश सांसद रामसरोज यादवले स्व. ठाकुरहरुकै प्रेरणा र साहसिक कदमहरुका कारण जनताले संघिय लोकतान्त्रिक गणतन्त्र जस्तो जनताको उपलधी प्राप्त गरेको बताए । बम प्रहारको घटना पछि ठाकुर १४ वर्ष कालकोठरीमा बिताउनु परेको वरिष्ठ पत्रकार रामभरत साह स्मरण गर्छन । नगरसभापती मनोज साहले ठाकुरलाई परकौली ब्यारेकमा राखेर चरम यातना दिएपछि उनको ढाँड सहित शरिरको विभिन्न भाग कमजोर भई जिवन भर दुःख भएको स्मरण गरे ।

नेताहरुले स्व. ठाकुरको प्रतिमामा पुष्प र अविर अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे । पार्टीका पूर्व सचेतक नेता महेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यमा भएको पुण्य तिथि कार्यक्रममा मिश्रले स्व. ठाकुरको शाहस र निभर्य निडरता तथा लोकतन्त्रका लागि गरिएका योगदानको स्मरण गर्दै चर्चा गरेका थिए । कार्यक्रममा स्व. ठाकुरकी धर्मपत्नीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद मुक्ता कुमारी यादव, कांग्रेस धनुषा उपसभापति संतोष यादव, सचिव विशेश्वर यादव क्षेत्रीय सभापति कन्हैया कर्ण, नेताहरु प्रफुल्ल घिमिरे, ललन चौधरी र धीरेन्द्र मोहन झा, गणेश तिवारी, दिगम्बर राय, प्रवेश चौधरी, शैलेन्द्र झा, अनिता श्रीवास्तव, मिथिलेश कर्ण, मदन ठाकुर, आन्नद साह, गणेश साह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिती थियो । सहभागिहरुले शहिद स्व. ठाकुरको शालिक स्थापनामा समेत जोड दिएका छन् ।
