एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १० : देशको बागडोर सम्हाली रहेको नेकपामा आन्तिरक कलह चलिरहेकै वेला देशको विभिन्न शहरहरुमा राजावादीहरुको उकुसमुकुसले पनि केहि न केहि सन्देश प्रवाह गरिरहेको छ । राजा शासन मनपराउनेहरु औपचारिक र अनौपचारिक रुपमै विभिन्न क्रियाकलापमा सक्रिय छन भने स्वतन्त्र नागरिकहरु पनि यस्ता गतिविधीलाई समान्य रुपमा लिएका छैनन । यसै बिच आज जनकपुरधाममा राजावादीको राम्रै उपस्थितीमा राजतन्त्र र हिन्दु राज्यको पक्षमा नारावाजी सहित प्रदर्शन गरिएको छ ।
हेर्नोस भिडियो
‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ सहितका नाराहरु सहित मधेशी पहाडी सवैको सहभागितामा जनकपुरधामको रेल्वे स्टेशनवाट निक्लेको रयाली जनकपुरधामको विभिन्न भागको परिक्रमा गरिरहेको छ । जनकपुरधामवासीले यसलाई दुई किशिमले विश्लेषण गरिरहेका छन् । एकथरीले प्रधानमन्त्री केपि शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राजाकै निकट रहेकाले प्रचण्ड सहितका परिवर्तणकारी शक्तिलाई हलाउन त्यसो गरेको हुन सक्ने अनुमान गरिरहेका छन ।
अर्को थरीले भने देशमा बहुमतको सरकार चलाई रहेको नेकपाको भविष्य धरापमा रहेकाले राजावादी स्वस्फुर्त रुपमा केहि गरौं न त भन्ने हिसावले सडकमा आएको हुन सक्ने अनुमान गरिरहेको अवस्था छ ।
जे भएपनि राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा सुनिने यस्ता आवाजहरुको पक्षमा दिनानुदिन सहभागिता बढदै गएको देखिन्छ । पुर्व शिक्षक कारी यादवको नेतृत्वमा भएको भनिएको प्रदर्शनमा राम्रै सहभागिता देखिएको छ ।
बाजागाजा, डिजे, गाडी र मोटरसाइकलका साथ प्रदर्शनकारीहरु हात हात र गाडीमा समेत नेपालको राष्ट्रिय झन्डा फहराउँदै प्रदर्शन गरिरहेका छन् । केहि वेरमा जनकपुरधामको जनकचौकमा कोणसभा गरिने छ ।