एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ८ : हलवाई जातीको पुर्वज श्री श्री १०८ श्री मोदनशेन महाराजको जन्मजयन्तीको उपलक्ष्यमा हलवाई समाज सेवा समिती (कान्यकुञ्ज) परिवार द्वारा विभिन्न कार्यक्रम गरिएको छ । सो अवसरमा हलवाई समाज सेवा समिती र युवा मञ्चद्वारा हलवाई समाज सेवा समितीको भवनमा हरेक वर्ष अच्छे नवमीको दिन श्री मोदनशेन महाराजको जन्म जयन्तीमा धुमधामका साथ पुजा आराधना गरिदै आएकोमा यस वर्ष पनि पुजापाठ गरिएको तर कोरोनाको त्रासका कारण भिडभाड नगरि स्वजातीमा प्रसाद वितरण गरिएको छ ।
साथै सोहि अवसरमा जानकी बृद्धाश्रममा रहेकी आमाहरुलाई जाडोमा काम लाग्ने कम्बल र प्रसाद वितरण गरिएको छ । हलवाई समाज सेवा समितीको अध्यक्ष उमेश साहको अगुवाईमा र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको विशेष उपस्थितीमा बृद्धाश्रमका आमाहरुलाई न्यानो कम्वल र प्रसाद वितरण गरिएको छ ।

सो अवसरमा हलवाई समाज सेवा समितीका संरक्षण समितिका सचिव दिनेश प्रसाद साह, उपाध्यक्ष सुरज नारायण गुप्ता, महासचिव हरिनारायण गुप्ता, सचिव अशोक प्रसाद साह, कोषाध्यक्ष अमन गुप्ता सहित कार्यकारिणी सदस्यहरु र हिन्दु राष्ट्र परिषदका धनुषा जिल्ला अध्यक्ष संन्तोष साह, हलवाई समाजको युवा मञ्चका अध्यक्ष बलराम प्रसाद गुप्ता, कार्यक्रम संयोजक सचिव तरुण साह, सह–सचिव अशिष गुप्ता सहित कार्यकारणी सदस्यहरु र बाबा मोहन दास वैष्णव लगायतको उपस्थिती रहेको थियो ।
