एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ७ : धनुषाको दुहबीमा नेपाल भारत खुला सिमा संवाद समुहको आयोजना तथा युवा अभियानी जसपा नेता बरुन झाको अध्यक्षतामा पाँचौ दिन पनि सिमा खुल्ला गर्न धर्ना जारि छ । धर्नामा सिमा क्षेत्रका बासिन्दाहरुको समेत समर्थन प्राप्त भइरहेको समुह धनुषाका अध्यक्ष राजिव झाले बताए ।
झाका अनुसार नेपालको तर्फवाट बन्द गरिएको सिमा खोलाउन दबाब स्वरुप भोली देखि महोतरी र सिरहामा पनि धर्ना प्रारम्भ हुदैछ । धनुषाको दुहबीमा बिगत ५ दिनदेखी धर्नामा बसेको नेपाल भारत खुला सिमा संबाद समुहका अभियानिहरु आन्दोलनलाई अझ शस्क्त बनाउन सोमवार देखि रामनारायण ठाकुर “अभिशेख“ को अगुवाइमा सिरहा जिल्लाको मारड र रोशन सिंह रानाको अगुवाइमा महोत्तरीको मनरा सिसबा नगरपालिका वार्ड नम्बर ८ कटैयामा पनि धर्ना कार्यक्रम प्रारम्भ हुनेछ ।
नेपाल भारत मैत्री सम्बन्धको पक्षमा रहेका दुबै तर्फका बुद्धिजीवी, विद्यार्थी, व्यापारी, युवा सहित स्थानिय बासीहरुको समेत सो धर्नामा सहभागिताका लागि झाले अपिल गरेका छन् । नेपाल सरकारले सधैंका लागी सिमा बन्द गरि राख्न कोरोना देखाएर यस्तो प्रपञ्च गरिरहेकाले आवाज उठाउन आवयश्क रहेको समुहको बुझाई छ ।
आज धनुषाको दुहवीमा आयोजित पाँचौ दिनको धर्नामा महेन्द्र यादव, जिबछ यादव, राहुल झा, दुर्गेश कुसियैत, संजीब झा, जिबछ दास, बब्लु कुसियैत, कृष्णा कुसियैत, विसेश्वर सहनी लगायतको उपस्थिती रहेको थियो ।