एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ५ : लोक आस्थाको महापर्व छठमा अस्ताउँदो सुर्य देवतालाई अर्घ दिने सौंझका अर्घ सम्पन्न भएको छ । जनकपुरधाम सहित धनुषाको विभिन्न सरोबर, पोखरी, नदी र जलासयहरु दुल्ही झै सजाइएको छ ।
आज रातभर ब्रतालु वा उनका परिवारजन जलासयको घाटमै विताउने छन् । धुप, अगरवती र दियो बाल्दै प्रसादको सुरक्षामा श्रद्धालुहरु पोखरी घाटमै रातभर बस्ने छ । भोली (शनिवार) विहान उदाउँदो सुर्य देवतालाई अर्घ दिदै छठ सम्पन्न हुनेछ । तस्वीरमा यस्तो देखियो जनकपुरधाम सहित यस क्षेत्रको सौंझका घाटको दृश्य ।