पुरन रौनियार
जनकपुरधाम, मसिंर ३ : बैशाखीको साहारामा हिडने प्रयास गरिरहेकी यी किशोरी हुन सिरहा नरहा गाँउपालिका वडा नं. १ गौराहाकी १६ वर्षिय उशा कुमारी सादा । दलित गरिव परिवारकी सादाको आफनै कहाली लाग्दो पिडा र समस्या थियो जसवाट उनी बल्ल मुक्त भएकी छन् । एकचोटी तलको यो दर्दनाक तस्वीर हेर्नुहोस ।

यो घिन लाग्दो घाउ र मुख्य हड्डी निक्लेको खुट्टा उनै उशाकी हुन । करिव पाँच वर्ष अगाडि उशा एक रुखवाट हाम फाल्ने क्रममा घाइते भइन । उनका परिवारले उनको स्थानिय स्तरमा आफनो हैसियतले उपचार गराए । मिर्चैयामा चिकित्सकले हडड्ीमा मोच परेको हुन सक्ने भन्दै ब्यान्डेज गरिदिए । केहि दिन पछि उनको ब्यान्डेज उखेलियो र उनी समस्या मुक्त भएको बुझिन । तर केहि महिना पछि फेरी सोहि ठाँउमा उनलाई चिलाउन थाल्यो र पछि सो समस्या घाउको रुप लियो । त्यसपछि उनको गोलबजारमा उपचार भयो र डेढलाख जती खर्च भयो । पछि त उनको खुट्टाको मुख्य हड्डी नै वाहिर निस्केर घाउमा किरा समेत परेको अवस्था सम्म पुग्यो ।
भिडियो कथा
उशाकी आमा खरनी देवीकी अनुसार करिव तिन वर्ष देखिको उपचारमा अहिले सम्म करिव तिन लाख जती खर्च भइसकेको छ । उनको उपचार गर्न चितवनको भरतपुर सम्म पुगियो तर पैसाको अभावले सहि उपचार पाउन सकिएन र उनका परिवारजन उपचारको आशा मारेर घर बसे ।

जहाँ जति जटिल समस्या छ त्यहाँ सहयोगी हातको पनि कम छैन । त्यस्तै भयो उशा संग । गोलबजारमा जानकी महिला जागरण समाज (ज्वास)को निःशुल्क स्वास्थ्य शिविर थियो । उशाको समस्या पुनः एकपटक देखाउने उद्देश्यले उशा र उनकी आमा त्यहाँ पुगिन र भेट भयो ज्वासमा काम गर्ने उशाकै थरका दुइ युवा । संजोगले दुवै युवाको नाम शुनिल कुमार सदाय नै हुन । उनीहरु अभियानी पनि हुन र मुसहर समुदायका स्थायिन अभियन्ता पनि । दुवैजनाले उशाको सो दर्दनाक घाउ र समस्याको तस्वीर फेसबुक सहितका समाजिक सञ्जालमा पोष्ट गरे र सहयोगको अपिल पनि ।

समाजिक सञ्जालकै माध्यमले उनीहरुले प्रदेश सरकारका राज्य मन्त्री सुरेश कुमार मण्डल र मुसहर समुदायको हितमा काम गर्ने भोर संस्थाका पचु माझीलाई समेत उशाको पिडा जानकारी गराए । सो कुरा भोरका कार्यकारी निर्देशक राजकुमार महतो सम्म पनि पुग्यो । त्यसपछि उनीहरुकै पहलमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सर्जन डा. रामकेवल साहलाई विरामीको समस्या र आर्थिक अवस्था जानकारी गराइएपछि डा. साहले आफनो संस्था यस्तै विरामीको उपचारको लागि रहेको भन्दै भोली नै आउन आग्रह गरे र उशाको लक्ष्मी पुजाको एक दिन अगाडि निःशुल्क शाल्यक्रिया सहित सफल उपचार भयो ।

अव उनको घाउ समान्य छ र उनी बैशाखीको साहारामा हिडने भएकी छन । उशाको शाल्यक्रिया सहितका सवै उपचार र बस्ने सुविधा समेत निःशुःल्क भएको छ भने औषधी र खाने व्यवस्था भने दुवैजना युवा अभियन्ता र भोरले व्यवस्थापन गरेको छ । सरेको हड्डी समेत सफलता पुर्वक निकालिएर उशालाई क्यान्सर र खुट्टा काटनु पर्ने समस्यावाट बचाउन सफल भइएको छ ।
डा. साह भन्छन, ‘हामी र हाम्रो जनकपुर अर्थोपेडिक तथा ट्रमा अस्पताल यस्ता गरिव विपन्नको निःशुल्क उपचार यस कारण गर्छौ कि, परोपकारको काम पनि होस र यस्ता जटिल समस्याको उपचार र शाल्यक्रिया कसरी गर्ने भन्ने विषयमा नयाँ चिकित्सकहरुलाई सिकाउने अवसर पनि मिलोस ।’

डा. साहले जनकपुर अर्थोपेडिक अस्पताललाई व्यवसायिक र नाफामुलक भन्दा पनि सेवामुलक प्रतिष्ठानको रुपमा स्थापित गर्न चाहेकाले समाजमा कुनै पनि यस्ता समस्या भए सम्पर्क गर्न सवैमा आग्रह गर्छन । सोहि अस्पताल प्राङ्गणमा कार्नियोफेसियल सेन्टर समेत रहेकाले तालु चिरेका, फाटेका, ओठ बिग्रेका साथै दाँत, मुख र अनुहार समित कुनै पनि जटिल समस्या भए त्यहाँ समेत निःशुल्क सेवा मिल्ने उनको भनाई छ ।

दुईजना युवा अभियन्ताको प्रयास र सक्रियता तथा समाचारमा उल्लेख भएकाहरुको सहयोगले उशाले नयाँ जिवन पाएकी छन् । समाजिक सञ्जालको यस युगमा हामी पिडामा रहेका यस्ता पिडितको समस्या र एक तस्वीर मात्र पोष्ट गर्न सक्यौं भने उस्को जिवन बाँच्न सफल हुने यो प्रमाण सावित भएको छ ।
वाँकी विस्तृतका लागि माथीको भिडियो कथा हेर्नुहोला