एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २ : धनुषा चेम्बर अफ कमर्शले प्रत्येक वर्ष झै यस वर्ष पनि छठ पुजा मनाउन चाहने गरिव विपन्न परिवारलाई पुजा समाग्री सहयोग गरेको छ । कर्मश द्वारा आज जनकपुरधाममा हिन्दुहरुको महान पर्व छठको शुभ उपलक्ष्यमा १ सय १५ विपन्न परिवार लाई छठ पूजा समाग्री सहयोग गरेको छ ।
कर्मशले सहयोग गरेको पुजा समाग्रीमा साड़ी १ थान, चामल १ केजी, गेंहू ५ केजी, मिट्ठा १ केजी, ढकना १ थान, उखु १ थान, नारियल १ थान सहितका प्रत्येक श्रद्धालु लाई हस्तान्तरण गरेको छ । कर्मश धनुषाको अध्यक्ष विजय साहको अध्यक्षता, नेपाली कांग्रेस प्रदेश दुई संसदीय दलका नेता राम सरोज यादवको विशेष उपस्थिती पूर्व सांसद अरविंद साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, वार्ड नम्बर ७ का वड़ा अध्यक्ष जानकी राम साह सहितको सहभागिता थियो ।
पतंजलि योग साधना केन्द्रमा श्रवण साहको संयोजकत्वमा भएको उक्त कार्यक्रममा विशेष उपस्थिती रहेको व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कर्मशका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रका अनुसार कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि एवं चेम्बरका सम्पूर्ण पदाधिकारी सँगै अगुवाहरुको उपस्थिती थियो ।