एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ : जनकपुरधामको शक्तिपिठहरुमा देवी मातालाई छप्पन भोग लगाउदै अन्नकुट विधी सम्पन्न भएको छ । हिजो (आइतवार) साँझ जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी, बौधीदेवी र अन्नपुर्णा अमरखाना देवी सहितको मन्दिरहरुमा छप्पन भोग लगाइदै अन्नकुट कार्यक्रम समपन्न भएको छ ।
देवी मातालाई छप्पन व्यञ्जनको भोग लगाई सकेपछि आयोजकले प्रसादका रुपमा जनकपुरधामका स्थानियलाई सामुहिक रुपमा समेत खुवाउने परम्परा छ । माता राजदेवी मन्दिरमा आयोजक महाविर युवा कमिटी र माता बौधी तथा माता अन्नपुर्णा अमरखाना मन्दिरमा आयोजक श्री राम युवा कमिटीको संयुक्त आयोजनामा अन्नकुट (छप्पन भोग) २०७७ समपन्न भएको छ ।

प्रसाद ग्रहणका लागि आयोजकहरुले जनकपुरधाम उपमहानगरवासीका साथै समाजका अगुवा, अभियन्ता तथा हरेक क्षेत्रका अगुवाहरुलाई आमन्त्रण समेत गर्ने गरेका छन् ।
