एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २८ : जनकपुुरधाममा श्री हनुमान जयन्ती समारोह मनाइएको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सो अवसरमा जानकी मन्दिरमा विशेष धार्मिक झाँकी सहितको रयाली निकालिएको छ । मिथिलाञ्चल सांस्कृतीक कला परिषदको आयोजनामा जानकी मन्दिरवाट निकालिएको रयाली विहार कुण्ड सम्म पुगेर धार्मिक कार्यक्रममा सहभागी भएको थियो ।
हनुमान जीको भब्य तस्वीर रथमा राखेर साधुसन्त सहितको टोली धार्मिक रयाली प्रदर्शन गर्दै प्रत्येक वर्ष विहार कुण्ड पुग्ने गरेका छन् । साथै आज श्री हनुमान/महाविर मन्दिरहरुमा विशेष भजन किर्तन तथा हनुमान आराधना गर्ने गरिन्छ ।

