एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २८ : जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आमरण अनसन बसेका दुईजना कर्मचारीलाई प्रह्रीले अस्पताल पु¥याएपछि कलेज निर्वाध रुपमा पुनः सञ्चालनमा आएको छ । विगत १२ दिनदेखि आमरण अनसनमा बसेका दुईजना कर्मचारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रहरीले उनीहरुलाई त्यहाँवाट प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि पु¥याएका छन् ।
उनीहरुलाई उपचारका लागि आईसियुमा भर्ना गरिएको छ । कलेज परिसरमै कार्तिक १६ गतेदेखि अनसनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदीप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्न लगाएको र कलेज सञ्चालनमा आएको हो ।
विभिन्न मांगहरु राखेर कर्मचारीहरु पटक पटक आन्दालित हुँदा धनुषाको रमदैया स्थित कलेज प्रभावित भइरहेको छ भने जनकपुरधाम स्थित सिटी अस्पताल सञ्चालनमै रहेको छ । आन्दोलित कर्मचारीले आकस्मिक बाहेकका सबै सेवाहरु गत असोज १२ गतेदेखि नै ठप्प पार्दा कलेज तहस नहस भएको थियो । प्रहरीले कलेज सञ्चालन गर्न दिनुपर्ने भन्दा पनि कर्मचारीहरु स्थानिय भएको आडमा मानिरहेका थिएनन ।