एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २१ : प्रदेश २ को १३ वटा अस्पतालहरु सहित स्वास्थ्य क्षेत्रमा भएको काम र कार्यक्रमहरुको समिक्षा गरिदै छ । महोतरीको बर्दिवासमा प्रदेश २ समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीका क्रममा निर्देशनालयका निमित निर्देशक झाले प्रदेश २ मा १० हजार स्वास्थ्यकर्मी परिचालन गरि कोभिड–१९ हदै सम्म नियन्त्रण गर्न सफल भएको बताएका छन् ।
झाले भने, ‘अव चिसो बढे संगै कोभिडको स्वरुप कस्तो हुने हो ? भन्ने चिन्ता छ तर हदै सम्म हामी नियन्त्रण गर्न सफल भएका छौं ।’ एकातिर काठमाण्डौं हटस्पट बन्दै गएको र अर्को तिर अर्को हटस्पट भारतको बिचमा रहेको प्रदेश २ मा हदै सम्म सफलता मिलेको उनको तर्क छ । उनको अनुसार चार दिवसीय समिक्षामा कात्तिक १९ र २० गते स्वास्थ्य कार्यालय तथा आयुर्वेद क्षेत्रको विषयमा समिक्षा गरियो भने २१ र २२ मा प्रदेश २ को दुई केन्द्रिय एक प्रादेशिक र आठवटै जिल्लाका जिल्ला अस्पताल सहित कुल १३ का मेडिकल सुपरिटेन्डेन्टहरुको सहभागितामा समिक्षा भइरहेको छ ।
प्रदेश २ का अस्पतालहरुमा कोभिड–१९ को क्रममा ननकोभिडका सेवाहरु प्रभावित भएको भन्दै उनले त्यसको सुधार र सुरक्षा सुतर्कताका लागि पनि छलफल भइरहेको उनको कथन छ । प्रदेश २ लाई मोडल हेल्थ केयरका रुपमा अगाडि बढाउन समिक्षा गोष्ठीले सहयोग पुरयाउने उनको विश्वास छ । समिक्षा गोष्ठीमा मन्त्री नवल किशोर साह, राज्यमन्त्री अभिराम शर्मा, निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, महिला तथा वालविकास समितिका सभापति जयनुल राइन सहितको सहभागिता रहने गरेको छ ।
