एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १७ : परोपकार र नयाँ सु विचार सहितका विभिन्न समाजिक कार्यका लागि युवाहरु धमाधम संगठित हुन थालेका छन् । यसै क्रममा जनकपुरधाम उपमहानगरका वडा नं. पाँच, छ र सात का युवाहरुको भेलावाट सो उद्देश्य प्राप्तीका लागि रहिम युवा समाज जनकपुर नेपालको गठन गरिएको छ । जसपाका युवा नेता तथा युवा अभियन्ता ईद मोहम्मद साफी (जानी खान)को अध्यक्षतामा २१ सदस्सीय सो समितिको गठन गरिएको छ ।
समितिले समाजका अति–बिपन्न परिवार, असहाय, वृद्व÷वृद्वा, अपांग, अनाथ, तथा पहुच नभएका व्यक्तिहरुलाई आर्थिक, सामाजिक, कानूनी परामर्श र समाजको विकास तथा सरसफाईको लागि विभिन्न कार्यक्रम तथा घरदैलो सञ्चालन गर्ने छ । रहीम युवा समाज जनकपुर, नेपालको व.उपाध्यक्षमा मो. नौशाद खां, उपाध्यक्ष अजमति खातून, सचिव चाँद बाबू अन्सारी, सहसचिव मो. अख्तर रजा खां र कोषाध्यक्ष मो. सोहेल अहमद (राजा) रहेका छन् ।

त्यसैगरि समितिको सदस्यहरुमा मो. गुलाब बाबु राइन, राहुल देव साह, मो. नाजिर खां, मो. मुस्ताक धोबी, मो. अरमान अली, छोटू साह, मो. अल्लाउद्दीन खां, मो. जिलानी खां, जिÞन्नत शेख, मो. सलमान नदाफ , मो. सहिम अन्सारी, रसीदा खातून, मो. समीर सिद्दीकी, मो. नजरुल खां(झुल्ला) र मो. अमान सिद्दीकी रहेका छन् ।
गठनकै पहिलो दिन परोपकारी काम

एता सो समिति गठन भएको भोली पल्ट सोमवार पहिलो दिनमै परोपकारको काम भएको छ । रहिम युवा समाज कतारको सहयोगमा जनकपुरधाममा गठित समितीको माध्यमवाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ निवासी एकदमै गरिव बिपन्न जुबैदा खातूनलाई उनकी छोरीको विहेका लागि नगद रु ४१ ह्जार सहयोग गरिएको अध्यक्ष जानी खानले बताए । कतार स्थित समाजको सदस्यहरुको सहयोगमा सो रकम प्रदान गरिएको उनले बताए । उनले कतारका साथीहरुले आ–आफनो तलववाट सहयोग गरेकोमा धन्यवाद दिदै समाजका लागि सवैले आ–आफनो तवरवाट सक्दो सहयोग र सदभाव व्यक्त गर्नुपर्ने बताए ।