पुरन रौनियार
जनकपुरधाम, कात्तिक १७ : स्मार्ट लाइसेन्स खेतमा फालिएको विषयमा अनुसन्धान हुने भएको छ । घटना चरम लापरवाही प्रष्ट हुने किशिमको भएको भन्दै सचिव स्तरीय उच्च स्तरिय छानविन समिति गठन गरि दोषीलाई कारवाही गर्ने तयारी प्रदेश २ सरकारको छ ।
स्मार्ट लाइसेन्स खेतमा फालिएको विषयमा अनुसन्धान हुने र दोषी जो सुकै भएपनि कारवाही हुने विभागिय मन्त्रीको चेतावनी छ । प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सचिव वाहिर रहेकाले आउने वितिकै उच्च स्तरीय छानविन समिति बनाएर दोषि जो कोहि भएपनि कारवाही गरैर छाडने चेतावनी दिएका छन् ।
हेर्नोस भिडियो
मन्त्री सोनल घटना निन्दनिय रहेका बताए । केन्द्र सरकारको एकाधिकारका कारण स्मार्ट लाइसेन्स लिन तिन वर्ष सम्म कुर्नु पर्ने बाध्यता रहेको समेत उनले बताए । अरु काम प्रदेशमा हुने तर लाइसेन्स छपाईको काम केन्द्र सरकारले काठमाण्डौंमै गर्ने कार्यले अस्तव्यस्तता रहेका भन्दै मन्त्री सोनल सवै काम प्रदेश सरकार मातहत आउनु पर्ने बताए ।
मन्त्री सोनल लाइसेन्सको गुणस्तरीयताको विषयमा भने केन्द्र सरकार दखलअन्दाजी गर्न सक्ने गरि प्रदेशमै छपाइ हुने गरि काम थाल्नु पर्ने बताए । एता यातायात कार्यालय जनकपुरधामले समेत आन्तिरक रुपमा घटनाका विषयमा अनुसन्धान गरिरहेको खुलेको छ । निम्ति कार्यालय प्रमुख बिरेन्द्र साहका अनुसार सातौ तह अधिकृत पवन पजियारको संयोकत्वमा अनुसन्धान समिति गठन गरि सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
समितिमा छैठौं तहका दुईजना अधिकृत क्रमश शैलेन्द्र गिरी र राम जिवन महतो सदस्य रहेका छन् । स्मार्ट लाइसेन्स लिन ३ वर्ष सम्म पनि कुर्नु पर्ने बाध्यात्मक पस्थितीका बाबजुद पनि बल्ल आएका लाइसेन्सहरु आश्चर्यजनक रुपले खेतमा फालिएको पाइएपछि कार्यालयको अव्यवस्था र असुरक्षा उदाङ्गिएको छ । स्टोर शाखा र लाइसेन्स वितरण शाखाले फालिएका लाइसेन्सहरु आफनो शाखामा नरहेको भन्दै पन्छिरहेका छन् । तर सो घटना आन्तिरक विवादका कारण कर्मचारीकै संलग्नतामा भएको आशंका गरिएको छ ।