एसपी रिपोर्टर
महोतरी, कात्तिक १४ : मृगौला काम गर्न छाडेको महोतरी अनैठाका एक विरामीलाई हेल्प मधेशी संस्थाले सहयोग गरेको छ । विरामी राम सकल रामलाई उपचारको लागि आर्थिक सहयोग गरीएको संस्थाले जनाएको छ । आज उनको घर पुगेर अन्दाजी ४० वर्षीय रामलाई हेल्प मधेशी संस्थाले रु.६५००० सहयोग गरेको महोतरी युवा सञ्जालकी उपाध्यक्ष सबिता यादवले बताइन ।
राम हेल्प मधेशी मलेसियाको बातुपहाड दलानका सक्रिय सदस्य पनि रहेको र उनी मलेसियामा हुँदा नै बिरामी भएर अस्पतालमा भर्ना भएपछि चिकित्सकले उनको मृगौला काम गर्न छाडी सकेको बताएका थिए । मलेसियामा राम्रो उपचार हुन नसकेर हेल्प मधेशी मलेसियाकै सहयोगमा उनलाई नेपाल पठाइएको थियो । हाल उनको उपचार भारतको पटनामा हुदैछ र उनको आर्थिक अवस्था अति नै दयनिय रहेकाले सहयोग गरिएको संस्थाको नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादवले बताए ।

सो अवसरमा हेल्प मधेशी मलेसियाको कोषाध्यक्ष प्रमोद महतो, मोहत्तरी युवा संञ्जालकी उपाध्यक्ष सबिता यादव र हेल्प मधेशी नेपालको सेवक सदस्य संजीव श्रेष्ठ सहितकाहरु बिरामी राम सकल रामको घरमै पुगी पैसठी हजार रुपियाको चेक हस्तान्तरण गरेको थियो ।