एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ७ : कोरोना कहरको त्रासका बिच जनकपुरधाममा विजयादशमी मनाइदै छ । यहाँ स्थित मुख्य शक्तिपिठ माता राजदेवी मन्दिर सहितका शक्तिपिठ र पण्डालहरुमा सक्दो सुरक्षा सर्तकता अपनाउदै विजयादशमी मनाइदैछ तर भोली अष्टमीका दिन देशमै चर्चित जनकपुरधामको माता राजदेवी मन्दिरमा हुने बोकाबली हुने कि नहुनेमा भन्ने अझै आशंकाका कारण अन्यौलता छ ।
कोरोना कहरमा पनि श्रद्धा र अस्थालाई कसैले रोक्न सक्दैन भन्ने प्रमाण हो जनकपुरधामको विजया दशमी । यहाँको मुख्य शक्तिपिठ माता राजदेवी, बौधीदेवी र अन्नपुर्णा अमरखानादेवीको मन्दिर सहित जनकपुरधामको सम्पुर्ण शक्तिपिठ तथा बनाइएको पण्डालहरुमा दर्शनालुहरुको भिडभाड लाग्ने गरेको छ । मास्क र सेन्टिाइजर अनिवार्य गरिएपनि समाजिक दुरीको भने कसैले चाहेर पनि पालना हुने अवस्था देखिदैन । सवैको ध्यान भने जनकपुरधामको माता राजदेवी मन्दिरमा हुने बोकाबली तर्फ छ । बोकाबली नगर्न तथा नित्यपुजा र क्षमापुजाका साथै बोकाबली नदिएर यसपाली कुम्भिण्डो (तराई मधेशमा फल्ने फल) को बली दिएर क्षमापूजन गर्न जिल्ला प्रशासनले निर्देशन दिइसकेको छ । तर श्रद्धालु भने मान्न तयार छैन माता राजदेवीको नाँउमा भाकल गरेर एक वर्ष अगाडि देखिनै बोका पालिरहेकाहरु प्रशानसनको निर्णय मान्न तयार छैनन ।
राजनितिक दलहरु हजारौ हजारको भिडभाड गरि पार्टी प्रवेश तथा सभा सम्मेलन गर्दा मुखदर्शक बन्ने प्रशासन आस्था, परम्परा र संस्कृती उपर प्रहार गरिरहेको उनीहरुको आरोप छ । शक्तिपिठ तथा मन्दिरहरुको व्यवस्थापन गर्ने युवा कमिटिहरु पनि प्रहरी प्रशासनको निर्णयका कारण अन्यौलामा छन् । यद्यपि उनीहरु आफनै स्वयम सेवक खटाएर भएपनि बोकाबलीको व्यवस्थापन गर्ने आन्तिरक तयारीमा लागेका छन् ।

यद्यपि बोकाबली चढने कि नचढने भन्ने सुचना लिन आउनेहरुलाई भने युवा कमिटिहरु बोका अहिले सम्म नकिनेको भए यस वर्ष माता शक्तिसंग क्षमा याचना गरि नकिन्न आग्रह गरिरहेका छन् । स्रोतका अनुसार भिडभाड कम गर्ने उद्देश्यले प्रशासनले सुचना जारी गरेको छ । युवा कमिटिहरु पनि सक्दो भिडभाड कम गर्न विभिन्न सुचनाहरु जारी गरेको देखिन्छ । तर अझै पनि बोकाबली प्रदान हुने कि नहुने भन्ने स्पष्ट भइनसकेको अवस्था । स्थानिय प्रशासन निर्णय प्रति प्रतिवद्व छ भने आयोजक युवा क्लवहरु प्रशासनलाई मनाउन व्यस्त छ ।
जनकपुरधामको माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टिमको साँझ देखि राती सम्म करिव १५ हजार सम्म बोकाबली प्रदान हुने गरेको छ भने सप्तमी राती देखिनै लाखौंको संख्यामा खोइच भर्ने महिलाहरुका साथै प्रसाद चढाउनेहरुको भिडभाड लाग्ने गरेको छ । आज नेपाली सेनाको सलामी सहितको तामझामका साथ बेलतोरी बिधी (फुलपाती) भित्रयाइएको छ । हिजो निम्तो दिएको बेल आज बाजागाजाका साथ तोडेर मन्दिरमा स्थापित गरिएको छ । धनुषाको ग्रामिण भेगमा भने पुजापाठ, मेला उत्सव तथा बोकाबली सहितका कार्यक्रममा स्थानिय प्रशासनको कुनै पनि अवरोध देखिदैन । यस अघिका वर्षहरु जस्तै ग्रामिन क्षेत्रमा मेला सहितका कार्यक्रमहरु भइरहेको देखिन्छ ।