एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २ : जनकपुरधाम–९ स्थित सुह्ुद पुस्तकालय शहिद सरोज कोइरालाको ४७ औं स्मृती दिवस र आफनो चौथो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कोभिड १९ को जोखिम रहेकाले सिमित व्यक्तिहरुको उपस्थितीमा पुस्तकालयले आज वृक्षारोपण गर्नुका साथै शहिद कोइराला प्रति श्रद्धाञ्जली अर्पण गर्न मौन धारण समेतको कार्यक्रम गरेको पुस्तकालयका अध्यक्ष समिर दाहालले बताए ।
जनकपुरधाम–९ ब्रह्मपुरीमा २०११ सालमा स्थापना भएको सुहृद पुस्तकालयको प्राङ्गणमा दुई दिवसीय कार्यक्रमको पहिलो दिन आज शहिद कोईरालाको स्मरणमा मौन धारण, उनको तस्वीरमा माल्यार्पण र वृक्षा रोपण गरिएको छ भने दोस्रो दिन सोमवार जनकपुरको जानकी वृद्धा आश्रममा परोपकारको कार्यक्रम गरिने नेपाली कांग्रेसका युवा नेता सुरेश कोइरालाले बताए ।

आजको कार्यक्रममा जनकपुरधामका पूर्वमेयर बजरंग प्रसाद साह, जनकपुरधाम–९का वार्ड अध्यक्ष परमेश्वर साह, वरिष्ठ पत्रकार बृज कुमार यादव सहित पुस्तकालयका प्रेमचन्द्र झा, धिरेन्द्र मोहन झा, हरि शंकर साह, सुरेश कोईराला सहित दर्जनौ व्यक्तिहरुको सहभागिता थियो । स्मरण रहोस देशमा प्रजातन्त्रको स्थापनाका लागि संर्घषशिल व्यक्तित्व शहिद सरोज कोईरालाको २०३० साल कात्तिक २ गतेका दिन भारत बिहारको मधुवनी रेल्वे स्टेशनमा हत्या गरिएको थियो ।