एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १ : धनुषामा ३ सय ५० हेक्टर जग्गा सिंचाईका लागि महत्वकांक्षी योजनाको शिल्यानास गरिएको छ । धनुषा क्षेत्र नं. ३ का संघिय सांसद राजेन्द्र महतो र मा प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मंत्रालयको जलस्रोत तथा सिंचाई बिकास डिभिजÞन कार्यालय जनकपुरधाम धनुषाद्वारा निर्माण हुने सो ३ सय ५० हेक्टर जÞग्गा सिंचाई पीपरा मईन सिंचाई योजनाको शिल्यानास गरेका हुन ।
कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर सि.डि.ई. भगवान झाको अध्यक्षतामा भएको विशेष समारोहका बिच नगराईन नगरपालिकाको वडा नं. २ जटहीमा सो आयोजनाको शिल्यानास गरिएको हो । यस आयोजनाले नगरपालिकाको जटही सहितका क्षेत्रका करिव ५ सय १० घर परिवारका गरि कुल २८ सय जनता प्रत्यक्ष लाभांवित हुने लक्ष्य लिइएको छ । योजना पछि धान, गहुँ, तेलहन बाली उत्पादनमा बृद्वि हुने सि.डि.ई. भगवान झाले बताए ।

योजनाको पानीको मइन मुहान पिपरा मईन हुने जुन पेरेनियल अर्थात वर्ष भरि नै पानी रहने किसिमको हुने छ । २२ मि लम्बाईको परमानेन्ट वेइर स्ट्रक्चर सहित २ कि.मि लम्बाईको मुल नहर सहित निर्माण हुन लागेको योजना अगामि आर्थिक वर्ष २०७९/०८० भित्र समपन्न हुने लक्ष्य लिइएको छ ।
