एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : हिन्दुहरुको महान चाड विजयादशमीको पुर्व सन्ध्यामा जनकपुरधाममा सरसफाई तिव्र पारिएको छ । गत शनिवार श्री महाविर युवा कमिटिले सोहि अवसरमा जनकपुरधाम स्थित चर्चित शक्ति पिठ श्री राजदेवी माता मन्दिर तथा श्री राम मन्दिरकोे प्राङ्गण सहितको क्षेत्रमा सरसफाई गरेको थियो भने आज श्री गणेश युवा कमिटिले जनकपुरधाम उपमहानगर पालिकासंगको समन्वयमा रामचौक स्थित श्री गणेश मन्दिर तथा श्री हनुमान मन्दिरका साथै धनुषा सागरको किनारा र क्षेत्र सहित रामचौकको क्षेत्रमा सरसफाई गरेको श्री गणेश युवा कमिटिका पुर्व अध्यक्ष सन्तोष साहले बताए ।

विजयादशमी नजिकिदै जाँदा वातावरण सरसफाईका लागि जनकपुरधाम उपमहागनरपालिका संगको समन्वय र सहकार्यमा सो क्षेत्र सरसफाई गरिएको कमिटिका अध्यक्ष सन्तोष महतोले बताए । जउनपाको सफाई शाखा सहित सफाई कर्मचारीको सक्रियता र सहयोगमा सरसफाई गरिएको पुर्व अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । सरसफाईमा कमिटिका पुर्व तथा वर्तमान पदाधिकारी, सदस्यहरु सहितको सहभागिता रहेको थियो ।
