एसपी रिपोर्टर
जनकपुरधाम, असोज २२ : एसपी खवरले निरन्तर जिल्ला प्रशासन कार्यालय धनुषामा बढिरहेको भिडभाड र हुन सक्ने जोखिम सहितका अव्यवस्थाहरुको समाचार सम्प्रेशनसंगै कार्यालयले तालिका बनाएरै सेवालाई सहज र व्यवस्थित बनाउने निर्णय गरेको छ । सिडिओ कार्यालय धनुषाले सेवा प्रवाह सम्बन्धमा एक सुचना जारी गर्दै प्रत्येक स्थानिय तहको लागि अलग अलग दिन छुटयाएर सेवा दिने तालिका नै र्सावजानिक गरेको छ ।
सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानी सहितका सवै सेवाहरुका लागि विशेष दिन र समय निर्धारण गरि कार्यालयले सुचना जारी गरेको छ । यस संगै कोरोना महामारीको यस समयमा कार्यालयमा सेवाग्राहीको भिडभाड कम हुने र संक्रमणको जोखिम हदै सम्म न्युनिकरण हुने विश्वास जिप्रका धनुषाको छ ।
हेर्नोस सेवाको तालिका


भोली शुक्रवार देखि लागुहुने सो उल्लेखित तालिका पश्चात कार्यालयमा हुने भिडभाड, संक्रमणको अवस्था इत्यादीलाई मध्येनजर गर्दै कार्यालयले उल्लेखित तालिकामा परिमार्जन गर्दै जाने समेत कार्यालयले ेजनाएको छ ।