एसपी रिपोर्टर
बुटवल, असोज २० : प्रदेश ५ को नाम ‘लुम्बिनी’ निश्चित भएको छ । प्रदेश ५ को प्रदेशसभावाट भगवान गौतम बुद्धको जन्मस्थली ‘लुम्बिनी’ दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेशसभामा कुल ८७ सदस्य रहेकामा नामको पक्षमा मतदान गर्न उपस्थित कुल ८३ जना सांसद मध्ये प्रदेशको नाम लुम्बिनी राख्ने सरकारको प्रस्तावको पक्षमा ७९ जना र विपक्षमा ४ जनाको मत परेको छ ।
राजधानी राप्ती नदीको किनारा राप्ती उपत्यकाको देउखुरी पारित भएको छ । नेपालको संविधान अनुसार दु तिहाई बहुमतले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी पारित भएको हो ।