फाल्गुन, २४ गते ।
जनकपुरधाम : यस वर्षको होरी महोत्सव र महामुर्ख सम्मेलनमा मास्क वितरण गरिने छ । रंग अविर भन्दा फुल छर्केर मनाईने तयारी गरिएको छ ।
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
यस वर्षको महामुर्ख हुने सम्भावित सुचीमा विमलेन्द्र निधी, लालबाबु राउत सहितको रहेपनि निधिको सम्भावना प्रवल छ ।
हेर्नुहोस् पत्रकार सम्मेलनमै होरी खेलेको भिडियो !
मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन यस वर्ष फागुन २५ र २६ गते आयोजना गर्न लागेको छ ।
