एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित श्री भैरव युवा कमिटीको नयाँ कार्यसमिति चयन भएको छ । वर्तमान अध्यक्ष धर्मेन्द्र कुमार साहको अध्यक्षता र भु.पु.अध्यक्षहरु निरज साह (मुनना), महेश साह सहितको उपस्थितीमा भएको सधारणसभाले पवन साह साहको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा मुकेश कुमार ठाकुर, महासचिव बिक्की कुमार साह, सचीव सरोज दास र कोषाध्यक्षमा सन्तोष कुमार ठाकुर चयन भएका हुन । साथै कार्यकारिणी सदस्यहरुमा शंकर लहेरी, सुरज कुमार साह, अमित साह, निरज ठाकुर, रोशन साह, र लभ कर्ण चयन भएका हुन । सो अवसरमा पुर्व उपाध्यक्ष रामबरन साह, पुर्व कोषाध्यक्ष सुनिल साह सहित संस्थाका पुर्व पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।