एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ गते : सेवाग्राहीका रुपमा जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका एक युवा कुटिएका छन् । जिप्रकाको प्राङ्गणमा लागेको भिडभाडको दृश्याङ्कन गर्न थालेका युवालाई कार्यालयको माथिल्लो तल्लामा लगेर कुटपिट गरिएको छ ।
स्कलरशिप सहितका परिक्षाहरुका लागि नागरिकता बनाउन जिप्रका आएका धनुषा हँसपुर नगरपालिका वडा नं. ४ झिसयाहीका राजकुमार मण्डल नागरिकताको फर्म भरेर लाइन लागे । लामो लाइन थियो तर पनि उनको काम हुने विश्वास यथावत थियो । घण्टौ प्रतिक्षा गरे तर पनि लाइन सानो नभएपछि उनी एताउती पता लगाउन थाले र थाहा पाए एकजना सुरक्षाकर्मी पालै पालो एक÷एकजना गरि भित्रभित्रै काम गर्दा रहेछन् । उनले आफनो मोबाइल निकालेर भित्र भइरहेको गतिविधीको दृश्याङ्कन गर्ने तयारी गर्दै गर्दा प्रहरीले उनलाई समातेर माथिल्लो तल्लामा लगि दुई चटकन लगाए ।
युवाका अनुसार मोबाइल पनि मागियो तर उनले जति पिटन छ पटिनोस मोबाइल दिन्नौं भने र पछि उनलाई छाडियो । उनको पक्राउ पछि लाइनमा रहेका युवाहरु तातिए र जिप्रकाको भवनको मुख्य गेटमा जम्मा भएर होहल्ला गर्न थाले । युवाहरु आक्रोसित हुन थालेपछि उनीहरुको भिड हटाउन प्रहरीले लाठीजार्च समेत गरे र माहोल शान्त बनाए । कोभिड १९ कोरोना महामारीका बेला पनि जिप्रकामा अप्रत्यासित भिड लाग्छ । केहि दिन अगाडि भित्र प्रवेश नै गर्न नदिने र चाडपर्वमा भिडभाड गर्ने नहुने भन्ने गरेका प्रशासन अहिले किन त्यत्रो भिड लगाएको होला सवैको उत्सुकताको विषय छ ।
युवाहरुले प्रत्येक दिन सेवा प्रवाह हुन सम्भव रहेको संख्यामा मात्र सेवाग्राही भित्र प्रवेश गराएर सेवा दिन समेत आग्रह गरेका छन् । कार्यालय समयमा पहिला आएका र एक दिनमा सेवा दिन सकिने संख्याकोलाई मात्र भित्र प्रवेश गराएर समाजिक दुरी पालनाका साथ सेवा दिनुपर्ने उनीहरुको भनाई छ । यस्तो भिडमा लाइन बसेकाहरु फर्केर जानुपर्ने र पावर र पैसावालाहरुको काम भित्रभित्रै हुने गरेको आशंका उनीहरुको छ ।
यो पनि पढनोस