FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शिक्षा पत्रकार समुह प्रदेश २ को ९ सदस्यीय समन्वय समिती घोषणा

शिक्षा पत्रकार समुह प्रदेश २ को ९ सदस्यीय समन्वय समिती घोषणा

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ गते :
विश्व शिक्षक दिवसको अवसरमा शिक्षा पत्रकार समुह प्रदेश २ का संयोजक दिपेन्द्र प्रसाद सिंहको संयोजकत्वमा ९ सदस्यीय प्रदेश समन्वय समिती घोषणा गरिएको छ । प्रदेश २ का सरकारका प्रवत्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानको विशेष आतिथ्यतामा भएको भर्चुअल बैठकमा शिक्षा पत्रकार समुहका केन्द्रिय अध्यक्ष तुलाराज अधिकारीले ९ सदस्यीय प्रदेश समन्वय समिती घोषणा गरेका हुन ।

शिक्षा पत्रकार समुहको प्रदेश समन्वय समितीको संयोजकमा धनुषाबाट दिपेन्द्रप्रसाद सिंह ( न्युज कारोवार÷क्षिरेश्वरनाथ डटकम) लाई यसअघि नै चयन गरि सकिएको थियो । समन्वय समितीको सदस्यहरुमा पर्साबाट तुलसी भण्डारी (राजधानी दैनिक÷थाहा खवर संचार मिडिया हाउस), बाराबाट उपेन्द्र ठाकुर (कान्तिपुर टिभी), सलार्हीबाट मनोज कुमार यादव ( लोकतन्त्र दैनिक, नविन विस्फोट दैनिक ), महोत्तरीबाट सुनिता बराल बर्दिवास ( कान्तिपुर दैनिक ), नागेन्द्र कर्ण जलेश्वर ( गोरखापत्र दैनिक), धनुषाबाट कैलास, धनुषा (सामाचार दैनिक पत्रिका), सिरहाबाट शम्भु यादव ( अन्नापूर्णा पोष्ट दैनिक ) र सप्तरीबाट विद्यानन्द राम ( जनता टिभी ) लाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

शिक्षा पत्रकार समुहको प्रदेश २ समन्वय समितीको घोषणासभामा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को खस्किदै गएको शिक्षा क्षेत्रको सुधारको लागि शिक्षा पत्रकार समुहको प्रदेश २ समन्वय समितीलाइ चुनौतीको साथै अवसरको विषय समेत भएको बताए । उनले तराई मधेशको मानव विकास सुचाङ्गको अवस्थामा शिक्षा र स्वास्थ्यको अवस्था निकै कमजोर रहेकाले यसको सुधार र उन्नती प्रगतिको लागि शिक्षा पत्रकारितामा लाग्ने पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

देशको राष्ट्रिय साक्षरता दर ६६ प्रतिशत हुँदा तराई मधेशको साक्षरता दर ४९ प्रतिशत, महिला साक्षरता दर झन कम भएर ३६ प्रतिशत हुनुले समेत खतराको अवस्था रहेको बताए । प्रदेश २ मा दलितहरुको सवैभन्दा बढी जनसंख्या भएपनि दलितहरुको साक्षरता दर ८ प्रतिशत मात्रै रहेकाले गर्दा यहाँको खस्किएको शिक्षाको सुधारका लागि पत्रकार, नागरिक समाजलगायतको सरोकारवालाहरुको भुमिका अहम रहेको बताए । नव निर्वाचित शिक्षा पत्रकार समुहका पदाधिकारीहरुलाई बधाईको साथै शुभकामना व्यक्त दिदै प्रदेश सरकारसंग हातेमालो गरेर शिक्षा सुधारको अभियानमा अग्रसर हुन समेत आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले मानवीय विकास सुचाङ्गमा निकै नै पछाडि परेको प्रदेश २ को उन्नती र प्रगतिको लागि शिक्षा पत्रकारिताको माध्यमले नागरिक समाज, अभिभावक, शिक्षक, विद्यालयहरुले गरेका सकारात्मक पहलदेखि शिक्षा सुधारका लागि आलोचनात्मक टिप्पणी, लेख रचनामार्फत गर्दै आएको कामलाई उच्च मनोवलका साथ अगाडी बढन् शुभकामना व्यक्त गरेका छन् ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले कुनै वेला शिक्षाको उर्वर भुमि मानिने तराइ मधेश क्षेत्रका शिक्षकहरु पहाड, हिमालमा देखिने गरेका थिए, तर अहिले तराइ मधेशमै मधेशी शिक्षकहरुको उपस्थिती नै कमजोर हुन थालेकाले गर्दा शिक्षाको खस्किदै गरेको अवस्थामा सुधारको लागि सरोकारवाला पक्ष जागरुक्ताका साथ अगाडी बढनुपर्नेमा जोड दिएका छन् । उनले भने अहिले समाजका विद्यार्थीहरुलाई नैतिक शिक्षाको लागि समेत जोड दिनुपर्ने आवश्यकता महसुस भएको छ ।

शिक्षाविद् राधा कोइरालाले शिक्षा क्षेत्रमा व्याप्त रहेको समस्याहरुको सवलीकरण गर्दै समाचार, सभा, गोष्ठि छलफल गरेर सुधारका लागि शिक्षा पत्रकार समुहको निरन्तरता रहि रहोस भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले अहिले समेत बालबालिकाहरु घर परिवार, समुदायको साथै विद्यालय जाँदा आउँदा समेत असुरक्षित रहेको र विद्यालयमा सुरक्षित महिनावारीको लागि आवश्यक सेवा सुुविधा नहुँदा अझै पनि छोरीचेलीहरु नियमित विद्यालय आउन जान समस्यामा पर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव पुरन साहले शिक्षा क्षेत्रमा बढ्दो बेथितीले शैक्षिक क्षेत्र धरासायी हुदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । कोभिडको समयमा शिक्षा क्षेत्र राजनितिकदेखि लिएर सामाजिक, सांस्कृतिक र भौतिक रुपमा निकै पछाडि परेकाले गर्दा अवका दिनमा चिनतलशिल भएर अगाडी बढ्नुको विकल्प नभएको बताएका थिए । शिक्षा क्षेत्रमा कार्यरत आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले शिक्षा क्षेत्रको सुधारको लागि शिक्षा पत्रकारहरुको कलम निरन्तर चल्नुपर्नेमा जोड दिएका थिए । उनले शिक्षाको अभियानलाई हामी सवैको अभियानसंगै जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा पत्रकार समुह प्रदेश २ को घोषणासभामा प्रदेश २ का आठ वटै जिल्लाका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy