एसपी रिपोर्टर
बुटवल, असोज १८ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा बुटवलमा ढुंगामुढा गरिएको छ । नेकपाले प्रदेशको राजधानी दांङ्गको भालुवाङ्ग राख्ने प्रस्ताव गरेको आक्रोस स्वरुप मुख्यमन्त्रीको गाडी लक्षित गरि ढुंगामुढा गरिएको छ ।
काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । ढुंगा लागेर गाडीको सिसा फुटेको छ । ढुंगा मुढापछि प्रहरीले हवाइ फायरसमेत गरेको समाचार प्राप्त भएको छ । ढुंगामुढा गरेको आरोपमा कम्तिमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेस आन्दोलित बनेका छन् । काँग्रेसले राजधानी बुटवल हुनुपर्ने माग गरेको छ । एता जसपाले भने राजधानी कपिलबस्तुको लुम्बिनी हुनुपर्ने तर्क गर्दै आएको छ ।