एसपी रिपोर्टर
बुटवल, असोज १६ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा सहमति भएको छ । यो विषयमा नेकपाको सचिवालय सदस्यहरूबीच पनि अनौपचारिक छलफल भएको थियो ।
दुवै नेताहरूको सहमतिपछि नेकपा प्रदेश कमिटीलाई पनि सोही अनुसार निर्देशन दिइएपछि प्रदेश ५ को मन्त्रिपरिषद् बैठकमा दाङको भालुवाङलाई राजधानी बनाउने विषयमा प्रदेश सरकारको मन्त्रिपरिषदबाट पारित गरिने बताइएको छ । सोअनुसार प्रदेशसभामा शनिबार प्रस्ताव पेस गर्ने तयारी छ ।
नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ल्याएको पक्षमा मतदान गर्न ह्विप समेत जारी गरेको छ। नेकपाको सो निर्णयपछि प्रदेश सांसदहरू बुटवल फर्कने तयारीमा रहेको प्रदेश सांसद इन्द्रजित थारुले जानकारी दिए ।