एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० : सम्बन्धित जनप्रतिनिधीले ध्यानाकर्षण गराएको केहि केहि दिनमै प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सिरहा–सप्तरीको सिमा बिहुल बलान नदीको स्थलगत निरिक्षण गरेका छन् । निरिक्षण अवलोकनका लागि पुगेका मन्त्री सोनलको टिमलार्ई जसपाकी नेतृ एवम प्रतिनिधीसभा सदस्य रेणु यादवले भब्य स्वागत गरिन । प्रदेश सभा सदस्य अभिषेक यादव र बलान गाउँपालिका अध्यक्ष दयानन्द गोइतले केहि दिन अगाडी मात्र सांसद रेणुको समेत उपस्थितीमा मन्त्री सोनललाई नदीको नियन्त्रण तथा त्यसका प्रभावका विषयमा ज्ञापन पत्र बुझाएका थिए ।
हरेक वर्ष बाढीले वस्ती डुबानको उच्च जोखिम रहने सप्तरीको बिहुल बलान नदी नियन्त्रण तथा रोकथामकालागि प्रदेश २ सरकारले चासो देखाएको छ । ्बिहीवार सो नदी निरक्षणलागि पुगेका प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारसँग भएको सिमित श्रोतसाधनको प्रयोग गरि बाढीको उच्च जोखिममा रहेका जनताको जिवन र जिविकोपार्जन बचाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘नदी नियन्त्रणकालािग मैले डिभिजनल इन्जिनियरलाई निर्देशन दिइसकेको छु उनले भने, ‘खेतीयोग्य जमिन र जिवन समेत बचाउन हामी आफ्नो तर्फबाट सम्पुर्ण प्रयास गर्नेछौँ ।’ वस्ती डुबानको जोखिम रहेका तर संघीय सरकारले बेबारिसे छोडेका बलान बाहेकका नदी समेत प्रदेश सरकारले नियन्त्रण गर्न र प्राकृतिक स्रोत बचाउन प्रयास गरिरहेको मन्त्री सोनलले दावी गरे । उनले प्रदेश २ का जनताको अनुहारमा कम भएको खुशियाली पुनः फर्काउने बताएका छन् । अनुगमनमा पुगेका मन्त्री सोनलले विभिन्न प्राकृतिक प्रकोप तथा नदीको कटानीले जनताहरुलाई दुःखित तुल्याएको बताए ।