एसपी रिपोर्टर
काठमाण्डौं, असोज १५ : सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।
ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ । आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।
नेपाल न हो ? हुनेखानेहरुको भाग्य हेर्नोस, शंकरदास वैरागीको बाटो खोल्न कार्तिक ३ मा अवकास पाउने मुख्यसचिव रेग्मी आजै राजिनामा दिए आजै वैरागी मुख्यसचिव भए, फल स्वरुप राजिनामा दिएका रेग्मीलाई बेलायतको राजदुत बन्ने सौभाग्य आजै प्राप्त भयो । अर्को तर्फ बामदेवलाई मन्त्री बनाउन अर्थमन्त्रीवाट वाहिरएका युवराज खतिवडा राजिनामा गरेकै दिन मन्त्री सरह सुविधा पाउदै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार मात्र बनेनन उनको इच्छा अनुसार आजैको मन्त्री परिषदले उनलाई अमेरिकाको राजदुत बनायो ।