FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

हिरासतमा मृत्यु भएको घटना अध्ययन गर्न संसदीय टोली धनुषामा, प्रतिवेदन हस्तान्तरण गरियो

हिरासतमा मृत्यु भएको घटना अध्ययन गर्न संसदीय टोली धनुषामा, प्रतिवेदन हस्तान्तरण गरियो

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ :
धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर आइपुगेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार जनकपुर आई सरोकारवालासँग छलफल सुरु गरेको छ । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिनअघि उक्त समितिले ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका शम्भु सदाका परिवारसँग छलफल गरेका छन् । मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा, श्रीमतिसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको समितिका सदस्य एवं धनुषाकै सांसद उमाशंकर अरगरियाले जानकारी दिए । उनका अनुसार नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि शम्भु सदाको मृत्युबारे जानकारी लिइएको छ ।

सवारी ज्यान मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएका सबैला १२ निवासी २३ बर्षीय शम्भु २७ जेठमा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शम्भुको हत्या भएको उनको परिवारले बताउँदै आएको छ । त्यसैगरि टोली उपचारको अभावमा मृत्यु भएका हँसपुर नगरपालिकाका राजु सदाको घरमा समेत पुगेर परिवारजन तथा छिमेकीहरु संग छलफल गरेका छन् ।

संसदीय अध्ययन समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङको संयोजकत्वमा जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया, नेपाली कांग्रेसका पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, नेकपाका लालबहादुर थापा र समीमा हुसैन सदस्य छन् ।

समितिका पदाधिकारी मंगलबार धनुषाबाट टोली रौतहटतर्फ जाने सदस्य अरगरियाले बताए । बुधबार इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उनले बताए ।

सम्बन्धीत एक प्रतिवेदन हस्तान्तरण गरियो

प्रदेश २ मा दलितहरुको हत्याका विषयमा गठित अध्ययन समितिलाई शम्भू सदाको हत्या सम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको छ । संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिद्धारा गठित अध्ययन भ्रमण समितिका संयोजक शेरबहादुर तामाङ्गलाई शम्भू सदाको हत्या सम्बन्धी प्रतिवेदन बुझाइएको हो ।

धनुषा जिल्लाको सबैला नगरपालिका १२ रघुनाथपुरका शम्भू सदाको सबैलास्थित इलाका प्रहरी कार्यालयमा शंकास्पद रुपमा लाश भेटिएको थियो । उक्त विषयमा सञ्चारकर्मी बीपी साहको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरी प्रारम्भिक अध्ययन गरिएको थियो । उक्त समितिले तयार पारेको १९ पृष्ठको प्रतिवेदन संघीय संसदीय समितिलाई मंगलबार हस्तान्तरण गरिएको हो ।

संसदीय समितिले मंगलबार शम्भू सदाको परिवार, इलाका प्रहरी कार्यालय सबैला र जिल्ला प्रशासन कार्यालय धनुषामा भ्रमण गरेको थियो । संसदीय समितिमा धनुषा २ बाट निर्वाचित सांसद तथा जनता समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, काँग्रेसका साँसद पद्मनारायण चौधरी, भीम प्रधानलगायतका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

1 hour ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy