एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : मिथिला कला क्षेत्रमा केहि सिमित परिवारलाई मात्र अवसर र लाभ छ । देश र विदेशमा पाउने हरेक अवसर उनीहरुको इर्धर्गिध घुमिरहेको हुन्छ । ग्रामिन भेगका कलाकारहरु आउने र हराउने मात्र भइरहेको छ । सोमवार जनकपुरधामको जनकचौकमा आरटिष्ट क्लव जनकपुरधामको अगुवाईमा युवा कलाकारहरुको समुह एक दिवंगत कलाकारको प्रतिमामा फुल, अविर सहित श्रद्धाञ्जली अर्पण गर्दै थिए भने दिप प्रज्वलन गरि उनको मृत आत्माको चिर शान्तिको लागि कामना र प्रार्थना हुदै थियो । दिवंगत कलाकार हुन धनुषाको नगराइन नगरपालिका वडा नं. ५ गंगुलीका रामशकल साह ।
धेरैले उनलाई नचिन्न पनि सक्ला तर उनको दुःखद मृत्यु भएको हो । चलचित्र दहेजक पिडा र जनकपुरवासी कमेडी सहितकामा काम गरेका, आर्थिक समस्यावाट पिडित कलाकार साहले आत्महत्या रोजेर संसार छोडने निधो गरे । उनको ४ र ३ वर्षको गरि दुई छोरीहरु छन भने एक सन्तान अहिले गर्भमै छ । उनको गलत निर्णय आत्महत्याले आज उनको श्रीमती र सन्तान सहित परिवारजन गम्भिर पिडामा रहेको छ । यस्ता धेरै ग्रामिन कलाकारहरु अनेकन पिडाले ग्रसित हुन्छन । युवाकलाकारहरु आफना स्व. सहकर्मीको परिवारजनको पिडालाई लिएर गम्भिर देखिए ।
जनकपुरवालीले लिए परिवारको जिम्मेवारी
एता जनकपुरवाली नामले चर्चित कलाकार पुजा जनकपुरवालीले कलाकार स्व. साहको बच्चाहरुको पढाइलेखाई देखि विवाह सम्मको जिम्मा आफुले लिने घोषणा समेत गरिन । उनीसंगै काम समेत गरेको स्व. साह परिवारको पिडादायी अवस्थाले चिन्तित जनकपुरवाली साहसका साथ सो घोषणा गरिन । उनले मिथिलामा संर्घषरत कलाकारहरुको पिडासंगै कसैलाई कुनै मतलव नरहेकोमा दुःख व्यक्त गरिन । ठुलठुला सभा समारोहमा कलाकार नभई नहुने तर कलाकारको हित र अवस्था सम्म बुझने कोशिस सम्म पनि कसैले नगरेको श्रद्धाञ्जलीसभामा उपस्थित युवा कलाकारहरुको गुनासो थियो ।