एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : न्यायमा पहुँच अभिवृद्विका लागि कानुन जागरुकताको उद्देश्यले पत्रकारहरुका लागि गरिएको दुई दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजना र युएनडिपीको सहयोगमा भएको अभिमुखिकरणमा जनकपुरधामका करिव १५ जना पत्रकारहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।
अधिवक्ता राजकुमार महासेठले मौलिक हक सहित संविधानवाट प्राप्त विभिन्न हकहरु, मानवअधिकार सहितका विषयहरुमा पत्रकारहरुलाई जानकारी गराएका छन् । न्यायमा पहुँच अभिवृद्वि गर्न कानुनी जागरुकता गतिविधीहरुको कार्यान्वयन अन्तर्गत पत्रकारहरुलाई प्रशिक्षण दिएको संस्थाका पुनित चौधरीले बताए । न्यायमा पहुँचका बाधक, समस्या र चुनौतीहरुको उदाहरण सहित अभिमुखिकरणमा छलफल गरिएको थियो ।