एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ : एमडी एमएस इन्ट्रान्स परिक्षाको कोटामा बइमानी भएको भन्दै चिकित्सहरुको समुह चिकित्सा शिक्षा आयोगमा तालाबन्दीको प्रयास र प्रदर्शन गरेका छन् । जनमत चिकित्स संघका प्रवक्ता डा. विनय पजियार सहित करिव ३ सयको संख्यामा चिकित्सकहरु भक्तपुर स्थित आयोगको कार्यालयमा पुगेर तालाबन्दीको प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको बल प्रयोगवाट डा. पजियारलाई समान्य चोटपटक लागेको र अन्य केहि घाइते भएका छन् ।
सत्याग्राही डा. गोविन्द केसीको मांग सम्बोधन गरेको भन्दै यसअघि छुट्टा छुट्टै हुने सो स्तरको प्रवेश परिक्षा सरकारले एकै पटक १२ सय सिटका लागि पहिलो पटक गर्न लागेको छ । तर सरकारले विभेद पुर्ण र पक्षपाती ऐन ल्याएर सो प्रवेश परिक्षाको नतिजामा १२ सय मध्ये ५० प्रतिशत खुल्ला, ४० प्रतिशत सरकारी चिकित्सक र १० प्रतिशत विदेशीलाई राख्ने प्रावधान राखेपछि चिकित्सकहरु आन्दोलिन बनेका हुन ।
हेर्नोस भिडियो
देश भरिमै सो स्तरको करिव २२ सय मात्र सरकारी चिकित्सक रहेकोमा करिव १५ हजार निजि चिकित्सहरु छन तर सरकारले सरकारीका लागि मात्र ४० प्रतिशत कोटा छुटयाउनुको कारण नै विभेद र पावर/भनसुनको भरमा भर्ना केन्द्र बनाउनु रहेको डा. पजियारले बताए ।
ऐन पछि बनेको आयोगका उपाध्यक्ष श्री कृष्ण गिरीले कसैसंग कुनै सल्लाह नै नगरि गैरसाइन्टिफीक ऐन तरिकाले परिक्षा सञ्चालन गर्न लागेकाले विरोध गरिएको आन्दोलनकारी चिकित्सकहरुको दावी छ । आन्दोलनकारीहरुले सवै सिटमा खुल्ला प्रतिस्पर्धा गर्न मांग गरेका छन् । असोज १५ गते सम्म आवेदन आवहान गरेको आयोग कार्तिकमा परिक्षाको तयारी थालेको छ ।