एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० : नेपाल र भारतको सिमा बन्द भएपछि दुवै देशको जनतामा प्रभाव परेको निश्कर्ष निकालिएको छ । नेपाल भारत खुला सिमा संवाद समूहद्वारा ‘कोरोनाकालमा अन्तर्राष्ट्रिय सिमा’ बिषयक गरिएको भरचुअल मिटिङ्ग अन्तरक्रिया कार्यक्रममा नेपाल र भारतको सिमा बन्द भएपछि आम नागरिकमा निकै असर परेको छ विज्ञहरुले बताए । उनीहरुका अनुसार नेपालमा महामारीका वेला औषधि देखि खाद्यान्नको समेत अभाव देखिएको छ भने भारतिय रुपैयाको नेपालमा हाहाकार भएको छ ।
भारतमा रोजगारीमा रहेको लाखौं लाख नेपाली लकडाउन पछि नेपाल फर्किएको र बन्द सिमानाका कारण उनीहरु फर्किन नपाएपछि दुई छाक टार्न समेत धौ धौ परिरहेको छ । खाना जुटाउन उनीहरु साहुमहाजनसंग ऋण लिएर गुजारा गरिरहेको तर्क समेत आएको छ । कार्यक्रमको मुख्य वक्ता जनता समाजवादी पार्टीका नेता एवं पुर्व मन्त्ती अनिलकुमार झाले कोरोनाको कारण नेपाल भारतको सिमाना बन्द भएपछि रहन सहन देखि जिवन यापनमै समेत प्रभाव परेको बताए । उनले छिट्टै आवागमन सुचारु गर्न समेत मांग गरेका छन् ।
भारतमा बसाइ रहेको नेपाली बिद्वान तथा चार्टर्ड एकाउन्टेन्ट मनिन्द्र झाले नेपालको प्रधानमेन्त्री केपि शर्मा ओलीको बयान र अभिव्यक्तिले समेत दुई देशको जनतामा धेरै प्रभाव पारेको बताए । उनले गलत अभिव्यक्तिले भारतमा बस्ने नेपालीहरु अपमानित महसुस गर्न परेको समेत बताए । भारतिय बिद्वान एबं समाजवादी आन्दोलनका अगुवा नागेन्द्र प्रसाद सिंहले सिमा बन्द भएपछि रोटी बेटीको सम्बन्ध र विभिन्न संस्कारकाहरुमा समेत असर पारेको बताए । अव्यवस्थित सिमा बन्दीले दुवै देशको जनतामा आफनै सरकार प्रति पनि बितृष्णा फैलाएको उनीको ठम्याइ छ ।
समुहका अध्यक्ष राजीब झाले कोरोनाको कहरमा नेपाललाई भएको भारतिय र चिनिया सहयोगको अन्तर विषयमा आँकडा सहित व्याख्या गरिएको थियो । कार्यक्रममा सहभागी डाक्टर अजय झा हेमाटोलोजीस्टले सिमा बन्दको कारण नेपालीले भारतिय बजारमा पाउदै आएको सहज शुलभ र सस्तो स्वास्थ्य उपचारमा समेत प्रभाव परेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष शिव शंकर साह हिराले सिमा बन्द भएपछि उद्योग व्यापार र खास गरि प्रदेश २ को बजार व्यवसायमा निकै प्रभाव पारेको बताए । । समुहका मिडिया कोअरडिनेटर प्रमोद साहले समेत सिमाबन्दीका कारण भएको समस्याको जानकारी गराएका थिए ।