FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

किसानको धान व्यवस्थापन गर्न कार्ययोजना बनाउदै प्रदेश २ सरकार, नयाँ आएको सचिवद्वारा पावर ट्रायल

किसानको धान व्यवस्थापन गर्न कार्ययोजना बनाउदै प्रदेश २ सरकार, नयाँ आएको सचिवद्वारा पावर ट्रायल

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० :
बिना जानकारी संघिय सरकारले अनावयश्क रुपमा गरिरहेको सचिव सरुवाको विरोध गरिरहेका प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले संघिय सरकारका कृषि मन्त्री घनश्याम भुसाललाई स्वागत गर्दै प्रदेश २ को किशानको मुख्य उत्पादन धानलाई कसरी व्यवस्थापन गर्ने विषयमा छलफल गरेका छन् । प्रदेश २ का किशानहरुको मुख्य उत्पादन र एक वर्ष जिवनयापनमा धानको महत्वपुर्ण भुमिका रहेको भन्दै धानको उत्पादन, भण्डारण, उचित भाउ र बजारको व्यवस्थापन गर्न सके एकदमै राहत हुने भन्दै प्रदेश २ सरकारले संघिय मन्त्री संग सहयोग मांग गरेको छ ।

प्रतिउतरमा संघिय मन्त्री भुषालले ति सम्पुर्ण विषयमा ठोस कार्ययोजना ल्याउन प्रदेश २ सरकारसंग आग्रह गरेको छ । प्रदेश २ का मन्त्री साहले प्रदेश २ को किसानहरुको धान व्यवस्थापनका लागि स्थानिय र जिल्ला तहमै धान भण्डारण सहितका योजनाहरु समेटेर कार्ययोजना बनाउने तयारी भएको बताए । संघिय मन्त्रीले सहयोगको प्रतिवद्वता जनाएको बताउदै उनले प्रदेश २ सरकार उत्कृष्ट कार्ययोजना बनाउन लागि परेको समेत उनले बताए । सरकारले यस वर्ष धानको न्युनतम सपोर्टिङ्ग मुल्य समेत निर्धारण गरिसकेको उनले बताए । मोटो धानको प्रति क्वीन्टल २७ सय ३५ र मसिनो धानको प्रति क्वीन्टल २८ सय ८५ रुपैया तय गरेको मन्त्री साहले बताए । गत आर्थिक वर्षमा सरकारले मोटो धानको मुल्य प्रति क्वीन्टल रु २६ सय ७३ रुयैया १६ पैसा तय गरेको थियो ।

किशानसंग धान किन्ने, भण्डारण गर्ने, भण्डार गर्दा आउने ह्रासमेन्ट र धान बेच्ने सहितका सवै कार्ययोजनाहरु अर्थविज्ञहरुको सुझावका आधारमा बनिरहेको उनको कथन छ । संघिय मन्त्री भुषालले धान भण्डारका लागि संघिय सरकारसंग एक अर्व रुपैया रहेको बताउदै भण्डारण कहाँ कसरी गर्ने भन्ने कार्ययोजना ल्याउन आग्रह गरेको समेत मन्त्री साहले बताए । संघिय सरकार सो रकम प्रदेश २ कै लागि प्राथमिकतामा राखेको संघिय मन्त्रीलाई उदृत गर्दै मन्त्री साहले बताए ।

मैले अवरोध गरेको नभई गलत प्रवृती अन्तयको मांग पहिला देखिनै गर्दै आएको छु : मन्त्री साह

प्रदेश मन्त्री साहले मन्त्रालयमा आएको नयाँ सचिव डा. सम्झना कुमारी काफलेलाई आफुले कुनै अवरोध नगरेको समेत बताए । एसपी खवरसंगको कुराकानीमा मन्त्री साहले आफु बिना जानकारी जुनसुकै वेला अनावयश्क रुपमा सचिव सरुवा गरेर काम गर्न अवरोध हुने गरेको प्रवृतीको विरोध दुई महिना अगाडि देखि नै गरिरहेको र संघिय सरकारसंग समेत गुनासो गरेको स्मरण गराए । व्यक्ति होइन प्रवृतीको विरोध गरेको हुँ, उनले भने, ‘यसरी नै मुख ताकेर बसि रहने हो भने कोहि आएपनि काम गर्न सकिदैन ।’ प्रक्रिया र प्रवृती सुध्रिए मात्र काम गर्न सकिने र कोहि आएपनि सजिलै काम हुने भएकाले प्रदेश सरकारलाई थाहै नदिई हुने सचिव र कर्मचारीको सरुवाको काम रोक्न सक्नु पर्ने बताए ।

मन्त्रालय स्रोतका अनुसार नयाँ सचिवका रुपमा आएकी सचिव डा. काफ्लेलाई समेत मन्त्रीले अनावयश्क सरुवाको विरोध गरिरहेकाले आफुलाई अवरोध हुने सुइको पाइसकेकी थिइन । तर उनी एकपटक हेरौं न त भन्दै श्रीमान संगै जनकपुरधाम आइन र मन्त्रालय प्रवेश गर्न खोजिन तर प्रदेशमा बिनाकारण फटाफट हुने सचिव र कर्माचारी सरुवाको विरोध स्वयम मन्त्रीवाट नै भइरहेकाले उनलाई अवरोध भएपछि उनी काठमाण्डौंका पत्रकारहरुलाई प्रयोग गरि मेडियावाजीमा उत्रेकी हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy