संजय साह
जनकपुरधाम, असोज ९ : लकडाउनले प्रताडित शिक्षा क्षेत्रमा निजीका साथ साथै सामुदायिक विद्यालयहरु समेत वैकल्पिक वाटो अवलम्बन गर्न थालेको छ । निजी विद्यालयहरु प्रविधीको प्रयोग गरि अनलाईन कक्षा सुरु गरिरहेकै वेला जनकपुरधाम स्थित सामुदायिक विद्यालयले समेत प्रविधीको प्रयोग गर्दै अनलाईन कक्षा सञ्चालन गर्न थालेको छ भने उपकरण नभएकाहरुका लागि बैकल्पिक उपाय अपनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत नमुना माध्यमिक विद्यालय ज्ञानकूपले अनलाइन प्रविधी मार्फत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई अध्यापन गराउन थालेका छन् । प्रविधी र उपकरणको प्रयो गरि घरमै कक्षा गर्न थालेपछि विद्यार्थीहरु (सुस्मिता झा र प्रभात कुमार तिवारी) सहितका राहत महशुस गरिरहेका छन् ।
विद्यालय व्यवस्थापनले इन्टरनेट, मोबाइल, ल्यापटप सहितका आवयश्क उपकरण नभएका गरिव विपन्नहरुको हकमा भने बैकल्पिक बाटो समेत अपनाएका छन् । प्रधानाध्यापक संजय कुमार झा सहित शिक्षकहरुको समुह विद्यार्थीहरुको घर घर पुगेर जानकारी लिदै प्रविधीको पहुँचवाट टाढा रहेका विद्यार्थीहरुको समुह बनाएर समुदायमै गएर अध्यापनको व्यवस्था समेत गरेको छ ।
प्रविधीको पहुँचमा आउननसक्ने विद्यार्थीलाई भिडियो रेकर्डिङ्ग, नोटसहरु समेत निशुल्क वितरण भइरहेको प्रअ झाले बताए । विद्यालयले समुदायमै पुगेर अनलाईनवाट पढाई लेखाई हुने भन्दै नयाँ भर्ना समेत लिने तयारी गरेको छ । विद्यालयका शिक्षक र व्यवस्थापकहरु समुदायमै पुगेर पढाई लेखाईका लागि पहल गरेपछि अभिभावक (महेश साह, जनकपुरधाम तथा रिंकु तिवारी, जनकपुरधाम) सहितका राहत महशुस गर्न थालेका छन् । लकडाउनले टवीसन समेत पढाउन नसकेपछि छोराछोरीको भविष्यवाट चिन्तित बनेका अभिभावक छोराछोरीको पढने वातावरण बन्न थालेपछि हर्षित भएका छन् ।