FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


कोरोनाबारे कांग्रेसले संसदमा दर्ता गरायो जरुरी सार्वजनिक महत्वको प्रस्ताव


कोरोनाबारे कांग्रेसले संसदमा दर्ता गरायो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

फाल्गुन, २२ गते ।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकिकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन योजना बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे।

अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्‍ने सन्दर्भमा पनि समयमै सोच्‍नुपर्ने उनले उल्लेख बताए। सिमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उनले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए। सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उनले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ गर्न आवश्यक रहेको बताए।

उनले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र द्विविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे। विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको, संसद बैठक सञ्चालन भइरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्धार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेश बाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे। विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्‍नेवित्तिकै , होटेल, एयलायन्ससँगै बैंक लगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै उनले आवश्यक तयारी गर्न आग्रह गरे।

बढी जानकारी भएपनि मानिस त्रसित हुने भन्दै उनले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपूर्तिलाई तलमाथि गर्न दिन्‍नौं भनेर सरकारले जनतालाई आश्‍वस्त गर्नुपर्ने बताए। उनले कालाबजारी अन्त्यका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे। थापाले खाली रहेका भवनहरुलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरि तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको बेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर गर्नुपर्ने कामहरुको सूची तयार पार्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे।

‘सचेत रहने हो. तर्सिने होइन। नागरिकलाई नर्तसाऊँ। भयभीत पनि नबनाऊँ। नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौँ’, उनले भने, हामीले समयको सुविधा पायौँ। इरानले पाएन। कोरियाले पाएन। तर कोरियासँग क्षमता थियो। हामीले पाएका छौँ। हामीले अहिले कति मात्रै सुझबुझ पुर्‍यायौँ भने आत्तिनु पर्दैन।’ थापाले विश्व स्वास्थ्य संगठनले विहिबार दिउँसो सम्म सार्वजनिक गरेको कोरोनाको अवस्था सम्बन्धी तथ्यांक जानकारी दिँदै नेपालले आवश्यक तयारी गर्न ढिलाई गर्न नहुने बताए। उनले चीनबाट फैलिएको संक्रमण हिजो दिउँसोसम्म ९५ हजार २ सय ६५ वटा केस रिपोर्ट भएको, ३ हजार २ सय ८१ जनाको मृत्यु भइसकेको स्मरण गराए। चीन बाहिर २ हजार ५५ वटा केस चीन भन्दा बाहिर ३३ वटा देशमा रहेको तथा ती मध्ये ८० प्रतिशत ३ वटा देशमा रहेको उनले बताए।

त्यसैगरी १ सय १५ वटा देशले संक्रमणको रिपोर्ट नगराएको , २१ वटा देशले एउटा एउटा रिपोर्ट गराएको, गएको १४ दिनमा ५ वटा देशहरुले नया केशहरु रिपोर्ट नगराएको पनि उनले बताए। सांसद थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका थिए। प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए।

कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाईनासरकारसंग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको उनले आपत्ति जनाए। ‘चीनका लागि राजदूतलाई फिर्ता बोलाउने ? के गर्न खोजेको हो ?’, उनले सोधे। राजभण्डारीले कोरोना संक्रमणको त्राससगै बजारमा मास्क, औषधि लगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकाले मास्क र औषधिमा कालोबजारी गर्नेलाई जेल हाल्न आग्रह गरे। ‘मास्क लुकाउने, औषधि लुकाउनेलाई २ लाख रुपैया मात्रै होइन जेल हाल्नुहोस्। भएका मास्क बजारमा जति छ। सरकारले नियन्त्रण गर्नुहोस्’, उनले भने, ‘सेनिटाइजर पनि बजारमा बन्द भइसकेको छ। नेपालमा उत्पादन हुनसक्छ। ४८ घण्टा भित्र लाइसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस्।

जनतामा त्रास धेरै छ। यो त्रासलाई हटाउन हामी सबै एक होऔँ।’ त्यसैगरी सासद राजेन्द्र कुमार केसीले प्रस्तावको समर्थन गर्दै सरकारले केही तयारी गरेपनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए। धेरै साधनसम्पन्‍न मुलुकमा स्कुल बन्द भईसकेको अवस्था रहेको उल्लेख गर्दै उहाँले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गरे। पूर्ण परनिर्भर भएको अवस्थामा भयावह संक्रमणसंग लड्नका लागि समयमै सर्तकता अपनाउन नसके मुलुकको अवस्था अत्यन्तै भयावह हुने भएकाले पुर्व तयारीमा ध्यान दिन आग्रह गरे। सरकारले एक महिनाका लागि भोजभतेर, सभा सम्मेलनमा पुर्णरुपमा नै रोक लगाई कठोर ढंगले पेश हुनुपर्ने बताए। अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंम्सा गर्नुभयो।

कोरोना संक्रमणको त्रासले बजारमा औषधि , मास्क र सेनिटाईजर संगै दैनीक खाद्य सामाग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे। साथै उनले आवश्यक तयारीबारे जानकारी गराउदै सदन सञ्चालनबारे पनि सोच्न आग्रह गरे। सांसद थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा ‘विश्व स्वास्थय संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससंग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्‍ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले’, भन्‍ने उल्लेख छ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago
लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy