एसपी रिपोर्टर
कपिलवस्तु, असोज ६ : चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि देशको विभिन्न स्थानमा नेपालीहरुले विरोध गरेका छन । नेपाली भूमिमा घर बनाएकाहरुलाई तत्काल हटाउन मांग गर्दै मधेशमा विरोध प्रदर्शन भएको छ । नेपाली भुमिमा बनाइएको संरचना तुरन्त हटाउन उनीहरुले मांग गरेका छन ।
लुम्बिनी नागरिक समाजले पनि लुम्बिनीमा विरोध प्रदर्शन गरेको छ । प्रहरीको हस्तक्षेपका बावजुद तिनीहरुले विरोध प्रदर्शन गरेको छ । भीड जुटीरहेको बेला प्रहरीले हस्तक्षेप गरेका थिए । जसपाका स्थानीय नेता तथा नेपाल भारत खुला सिमा संवाद समूहका रुपन्देही अध्यक्ष महेन्द्र गुप्ताको नेतृत्वमा प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा अजाद गुप्ता, मनोज यादव, राकेश गुप्ता, घन्श्याम लोघ, बिनोध लोघ, सुरेन्द्र हरिजन, दिलिप यादव लगायतका द्ध दर्जन भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । सो क्रममा चिन विरुद्ध नारावाजी गर्दै हाम्रो भुमी खाली गर् चिनिया बिस्तारवाद मुर्दाबाद, चिनियाँ दादागिरी बन्द गर लागायतका नाराहरु लगाइएको थियो ।