एसपी रिपोर्टर
जनकपुरधाम, ४ असोज : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित रामजानकी आधारभूत विद्यालयमा सञ्चालन हुन लागेको आइसोलेसनको विरुद्धमा सोही वडाका वडावासीहरु उत्रेका छन् । महेन्द्रनारायाण निधि स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको ४० बेडको आइसोलेसन घनावस्तीमा उपयुक्त नरहेको स्थानीयहरुको ठहर छ । वडावासीहरुले विद्यालयकै छेउँमा पत्रकार सम्मेलन गरी आइसोलेसन नहटाएमा कडा रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
‘कोरोना महामारी रोग नेपालमा अत्याधिक फैलिरहेको छ । यसको नियन्त्रणका लागि डब्लुएचओले विभिन्न प्रकारका सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् । तर नेपाली काँग्रेसले कोरोनाबाट बचाउन होइन महामारी फैलाउने तरिका अपनाएको पत्रकार सम्मेलनमा नेकपा नेता दीपनारायण साहले भने । आइसोलेसन घनावस्तीवाट जहाँ पनि टाढा हुनुपर्छ भन्दै उनले भने, ‘विद्यालय छेउमै पोखरी छ, आइसोलेसनका फोहर पोखरी आउने र पोखरीको पानी सवैले प्रयोग गर्नेगरेकाले जोखिम बढने छ ।’ आइशोलेसनमा सुरक्षा घेरा लगाउनुपर्छ । सरसफाईमा ध्यान दिनुपर्छ । वरिपरि स्यानिटाइज गर्नुपर्छ । यी मापदण्ड एउटा पनि पुरा गरेको छैन उनले अगाडि थपे ।
स्थानीय प्रह्लाद साहले एतिका दिन सम्म सुतेको नेपाली काँग्रेस कुन उद्देश्यले यहाँ आइसोलेसन राख्न लागेको छ ? प्रश्न गरे । आइशोलेसन र क्वारेन्टाइन बनाउने प्रसस्त संरचना हुदा हुदै नगरको वस्ती बिचमा रहेको विद्यालयमा आइशोलेसन राख्न खोजेर कांग्रेस र वडा अध्यक्ष जानकीराम साह राजनिति गर्न खाजेको उनीहरुको आरोप छ । यहाँबाट आइसोलेसन नहटाएमा बाध्य भएर कडा रुपमा आन्दोलनमा उत्रिने चेतावनी उनीहरुको छ । स्थानिय सिकिन्दर कापडरले भने, ‘यहाँबाट आइसोलेसन नहटाएमा पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका र प्रादेशिक अस्पतालमा ज्ञापनपत्रका साथै धर्ना कार्यक्रम गर्नेछौं ।’