संजय साह
जनकपुरधाम, असोज ३ : जनकपुरधाममा आयोजित एक कार्यक्रमका वक्ता मधेशी नेताहरु २०७२ असोज ३ कालो दिन नै रहेको बताउदै कोलो दिनलाई कालै दिनका रुपमा सम्बोधन हुने बताए । बन्दुकको आडमा जबरजस्ती ल्याएको संविधान संसोधन गर्न छाडेर उल्टै लाद्दन खोजेको भन्दै उनीहरु समयमै नसुध्रिए संविधान काम नलाग्ने बताए ।
प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री तथा जसपाका नेता जितेन्द्र सोनल, प्रतिनिधीसभा सांसद उमाशंकर अरगरिया र प्रदेश सांसद परमेश्वर साह सहितका नेताहरुले आज जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ को आयोजनामा आयोजित आपतकालिन निशुल्क स्वास्थ्य शिविरको सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा सहभागि हुदै यस्तो बताएका हुन । देशको आधा जनसंख्या रहेको तराई मधेशमा आन्दोलन चलिरहेकै बेला बन्दुकको आडमा बनाइएको संविधान लागु हुन नसक्ने उनीहरुको चेतावनी छ ।
मन्त्री सोनलले बहुमतको दम्भ देखाएर जारी गरेको संविधान स्वीकार नगरेको बताएका छन् । जनकपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले हरेक वर्ग र समुदायको अधिकार समेट्न नसकेकाले वर्तमान संविधानलाई स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘यो खुनी संविधान हो । नश्लीय संविधान हो ।’

हामी पुरै संविधान नमान्ने भनेको होइनौं, नेताहरुले भने, ‘तर जबरजस्ती मान्नै पर्ने भनियो भने हामी पनि जान्या छौं ।’ उनीहरुले केहि विभेदकारी धाराहरु सहित लाधिएको संविधानको विरोधमा आज ४ बजे जनकचौकमा आएर प्रतिवद्वता जाहेर गर्न समेत आम मधेशी समुदायमा आग्रह गरेका छन् ।

विगत केहि सप्ताह देखि वडा अध्यक्ष जानकीराम साह र वडाको आयोजनामा भइरहेका निशुल्क आपतकालिन स्वास्थ्य शिविरको समापन समेत भएको छ । शिविरमा सहयोग गरेको भन्दै वडाले पत्रकार घनश्याम मिश्र, किशोर गुरु, मनिष साह, युवा अगुवा सरोज मिश्र सहित चिकित्सकहरुको समुहलाई सम्मान तथा धन्यवाद ज्ञापन गरेको छ ।