एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : पुर्व भौतकी पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपालले आफनै चलाउन किनेको नयाँ आधुनिक रेल जनकपुरधाम सम्म आइपुगेकोमा खुसी व्यक्त गरेका छन् । एसपी खवरसंग कुराकानी गर्दै नेपालको लागि आफनै नयाँ रेल किन्ने निर्णय र सम्झौता समेत आफनै पालामा गरेका मन्त्री महासेठले रेल सेवा पुरानै सेवा भएपनि आफनै देशले किनेको रेल नेपाली जनताले हेर्न र चढन पाउँदा खुसी र गौरवको कुरा रहेको बताए ।
पुर्व मन्त्री महासेठले भने, ‘आज जनकपुरधामवासी आफनै देशले खरिद गरेको रेल देखेर गदगद भएकै हुनुपर्छ, मैले कोशिस गरे आज सफल भयो ।’ आफ हरसम्भव प्रयास गरेपनि आफनै पालामा रेल सञ्चालन गर्न नसकेको बताउदै उनले रेल सञ्चालनका लागि सवै पुर्वाधार र आधार तयार गरि आफु मन्त्रीवाट वाहिरएको बताए । उनले वाँकी रहेका कामहरु सिघ्र सम्पन्न गरि यथा सम्भव छिटो रेलसेवा सञ्चालनमा ल्याउन नेपाल सरकारलाई आग्रह गरिरहेको समेत बताए ।

रेल हेर्नेको भिड स्वभाविक हो, महासेठले भने, ‘हामी पहिला पनि रेल चढेकै हौं, तर आफनो देशको पैसाले किनेको रेल आज जनताले देख्दा र चढादा भएको खुसी र उल्लास स्वभाविक हो । उनले रेल सञ्चालनमा आएपछि जनकपुरधामको आर्थिक विकासले फडको मार्ने बताए ।