FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

रेल त आयो तर देखाउनलाई मात्र, दुई महिना पछि मात्र सञ्चालन हुने (तस्वीर/भिडियो)

रेल त आयो तर देखाउनलाई मात्र, दुई महिना पछि मात्र सञ्चालन हुने (तस्वीर/भिडियो)

पुरन रौनियार
जनकपुरधाम, असोज २ :
अन्तत नेपाल रेल्वेको नयाँ रेल जनकपुरधाम आइपुगेको छ । करिव एक दशक देखि बन्द रहेको नेपालको एकमात्र जनकपुरधाम–जयनगर रेल सेवा पुनः सञ्चालनका लागि नेपाल सरकारले आफै किनेको नयाँ रेल जनकपुरधाम आइपुगेपछि हेर्नेहरुको भिडभाड लागेको छ यद्यपि रेल चल्न अझै दुई महिना जती लाग्ने भनाई सरकारी पक्षको छ ।

आइतवार विहानै ११ बजे जनकपुरधाम आउने हल्ला चलेको रेल दिउँसो करिव डेढ बजे जनकपुरधाम आइपुगेको हो । तिन घण्टा सम्म प्रतिक्षारत सर्वसधारणको भिड रेलको हर्न सुन्ने वितिकै हौसिए । रेल हेर्न जनकपुरधाम स्टेशनमा जम्मा भएको भिडले तालीको गडगडाहटले रेलको स्वागत गरे ।

हेर्नोस भिडियो

नेपाल सरकारलाई रेल हस्तान्तरण गर्न आएका अधिकारीहरुलाई नेपाल सरकारको तर्फवाट नेपाल रेल्वेका महानिर्देशक गुरु भट्टराईसहितकाले फुलको गुच्छा दिएर स्वागत गरे । त्यसपछि भारत सरकारका प्रतिनिधी मुख्य यान्त्रिक अभियन्ता दिपक त्रिपाठी सहितका टोलीले रेल नेपाल सरकारका प्रतिनिधी भट्टराईलाई हस्तान्तरण गरे । करिव एक दशक देखि बन्द रहेको रेल जनकपुरधाममा आधुनिक तरिकाले सञ्चालन हुने भएपछि स्थानिय मात्र नभई व्यापारी समेत उतिकै उत्साहित छन् । भारतवाट समान ल्याउदाँ सुरक्षाकर्मीले दुःख दिने गरेको बताउदै उनीहरु अव सजिलै सरसमान आयात हुने भएपछि खुसी व्यक्त गर्छन ।

यद्यपि रेल तत्कालै सञ्चालन हुने सम्भावना भने देखिदैन । नेपाल रेल्वे कम्पनीका महानिर्देशक भट्टराईले रेल विधिवत सञ्चालन हुन अझै डेढ दुई महिना लाग्ने बताउछन् । कर्मचारी भर्ना, कानुन र कार्यविधी तथा भारत सरकारसंगको सम्झौतामा केहि प्राविधिक काम गर्न वाँकी रहेको र कोरोनाले समेत साथ नदिरहेकाले समय लाग्ने उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्रले पनि रामजानकी विवाह पञ्चमी महोत्सवलाई लक्षित गरेर रेल सञ्चालन गर्न दुवै सरकार तयारी गरिरहेको बताउछन् । प्राविधीक काम, कर्मचारी भर्ना र यस बिचमा चोरी भएका र मर्मत गर्न वाँकी रहेका संरचनाको काम गर्न समेत समय लाग्ने भएकाले विवाह पञ्चमीमा मात्र रेल चल्न सक्ने बताए ।

भारत सरकारको प्रतिनिधीका रुपमा त्रिपाठी संगै परियोजनाका महाप्रबन्धक जिवी नागिन्दर र उप मुख्य नागरिक अभियन्ता विकी रागन्ना समेत आएका छन । नेपालका तर्फवाट भट्टराईका आलावा रेल्वे विभागका कर्मचारीहरु, धनुषा र महोतरीका प्रमुख जिल्ला अधिकराीहरु सहितको उपस्थिती थियो । जनकपुरधाम आएको रेल आज जनकपुरधाममै राखिने र भोली देखि सञ्चालन नहोउन्जेल सम्म भारतको जयनगर स्थित नेपाली स्टेशनमा राखिने बताइएको छ ।

तस्वीर/भिडियो : संजय साह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy