एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : जनकपुरधामवासी सहित नेपालीहरुको सपनाको रेल आज ११ बजे जनकपुरधाम आइपुग्ने छ । हिजो जयनगर आइपुगेको रेलको विहान सरसफाई भइरहेको तस्वीर एसपी खवरले प्राप्त गरेको छ । रेल्वे विभागका इन्जिनियर विनोद ओझाका अनुसार ११ बजे जनकपुरधाम आइपुग्ने भनिएपनि केहि समय फरक हुन सक्ने छ । जनकपुरधामको स्टेशनमा रेलेको स्वागत गरिने छ ।
हेर्नोस जयनगरमा होल्ड गरिएको रेलको केहि तस्वीरहरु