एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. १ सोहनीमा एक महिने मास परायण (रामायण पाठ) प्रारम्भ भएको छ । सोहनी स्थित बाबा श्री सोमेश्वरनाथ मन्दिरको प्राङ्गणमा आज देखि सुरु भएको सो पाठ असोज ३० गते सम्म चल्ने छ ।
सोहनी ग्रामवासीको आयोजनामा सुरु भएको सो मास परायण (रामायण पाठ) ले विश्व सहित नेपाललाई समेत त्राहिमाम बनाएको कोरोना भाइरस कोभिड १९ बाट उन्मुक्तीका लागि समेत पुरुषोत्रम मास (मलेमास)को अवसरमा सो पाठको आयोजना गरिएको मन्दिरका पुजारी भोला यादवले बताए ।
ह्ेर्नोस भिडियो
९ जना पात्रहरु सहितको मन्डलीले सुरु गरेको एक महिने पाठ विश्व कल्यानार्थका लागि गरिएको पुजारी यादवले बताए । हरेक दिन विहान १० बजे देखि पाठ सुरु हुनेछ ।